स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर विभिन्न शैलीमा भोट मागिरहेका छन् । दलबल सहित मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरुको भोट माग्ने शैली पनि फरक-फरक छ ।

उम्मेदवारहरू ढोग गर्दै आर्शिवादसहित भोट माग्ने, मतदाताको खुट्टा ढोगेर दाम चढाउने,खेतबारीमा पुगेर मतदातालाई आर्कषित गर्ने, विभिन्न सामाजिक कार्यमा सघाउने तरिकाले भोट मागिरहेको दृष्य देख्न सकिन्छ । तर, म्याग्दीमा एक गाउँपालिका प्रमुखकी उम्मेदवारलाई मतदाताले नै उत्साहित भएर खुट्टा ढोगेका छन।

म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिएका छन् ।

मतदाताको घरदैलोमा पुग्दा खुट्टा समातेर ढोगेपछि नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार विश्वकर्माको आँखा रसाएपछि भाबुक भएकी थिईन् । सामान्य परिवारकी सदस्य गाउँपालिकाको अध्यक्षको उम्मेदवार भई मैदानमा उत्रिएपछि पिछडिएका वर्ग, दलित तथा उत्पिडित समुदायको हकहित हुने भन्दै दलित समुदाय नै उत्साहित भएर ढोगेरै बधाई दिएका छन् ।

स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले उम्मेदवारलाई हर्षित भएर खुट्टानै ढोगेर बधाई दिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दावि गर्ने एक्ली महिला समेत हुन् ।

मतदातालाई प्रभावमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मिनाको आँखाबाट समेत आँसु खसेको स्थानीयको भनाई छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दलितको घरदैलोमा पुग्दा विश्वकर्माको भाबुक भाषण गर्दा मतदाताको समेत आँसु थामिएको छैन् ।

गाउँपालिका भित्रका बस्ती–बस्तीमा पुग्दा उम्मेदवार विश्वकर्मा अन्य पार्टीका उम्मेदवार जस्तै चिटिक्क पोशाकमा नभई विपन्न समुदायको प्रतिनिधित्व गर्ने गरी सामान्य जीवनशैली झल्किने पोशाकमा पुग्दा मतदाताको ध्यान तान्न सफल भएकी छन् । विश्वकर्माले काखमा नाबालक छोरालाई च्यापेर रुदै भाषण गरेको र मतदाताले समेत खुट्टा ढोगेका हृदयविधारक तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

Leave a Reply