नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (सोमबार) मुनामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले घरदैलो कार्यक्रममार्फत मतदातालाई भेटघाट गरी भोट मागेको हो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन, उपाध्यक्षका उम्मेदवार प्रगति कार्की, गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, वडाध्यक्ष उम्मेदवार मदन मल्ल, सदस्य पदका उम्मेदवारहरु गंगा पुन, राजकुमारी विक, तमबहादुर पुन र लोकेन्द्र बुढासहित स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा घरदैलो कार्यक्रम गरी एमालेबाट आसन्न निर्वाचनमा उठेका उम्मेदवाहरुको पक्षमा भोट मागिएको छ ।

नेकपा एमाले म्याग्दीका उपसचिव समेत रहनुभएकी गाउँपालिकाको अध्यक्षका उम्मेदवार थमसरा पुनले दुर्गम भेगको समग्र विकास गर्नका लागि आफू पुनः चुनाबी मैदानमा होमिएको बताउनुभयो ।

उहाँले यसअघि आफू धवलागिरि गाउँपालिकाको अध्यक्ष भएर विकास निर्माण, महिला सशक्तिकरण, युवा स्वरोजगारलगायत थुप्रै कामहरु गरेको बताउँदै बाँकी काम पुरा गर्न फेरि चुनावमा उठेको स्पष्ट पार्नुभयो । यसअघि दुर्गम वस्तीमा सडक र विद्युत पु¥याएको हुँदा अब विकास निर्माणलाई स्तरोन्नति गरिने उहाँको भनाइ छ ।

एमाले धवलागिरि गाउँपालिका कमिटीका अध्यक्ष रेशम छन्त्यालले पालिकाको विकास र स्थानीय नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि एमालेका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले अन्य पार्टीहरुको तुलनामा नेकपा एमालेले धेरै राम्रो काम गरेको बताउँदै काम गर्ने अवसर दिनका लागि आफू र आफ्नो पार्टीलाई चुनावमा भोट दिएर विजयी बनाउनुपर्ने बताउनुभयो ।

यसैबीच धवलागिरि–७, ताकममा एमालेको चुनावलक्षित अगुवा कार्यकता भेला तथा उम्मेदवारबीच छलफल र अन्तत्र्रिmया कार्यक्रम समेत सम्पन्न भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठको विशेष उपस्थितिमा चुनावलक्षित कार्यक्रमको आयोजना गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै नेताद्वयले अहिलेको पाँचदलीय सत्ता गठबन्धनले एमालेसँग एक्लाएक्ला प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन गरेको बताउनुभयो। उहाँहरुले एमाले नेतृत्वको सरकारले यसअघि जनपक्षीय कामहरु गरेको भन्दै फेरि पनि एमालेको विजयलाई कसैले पनि रोक्न नसक्नेमा जोड दिनुभयो ।

भेलामा गाउँपालिकाको उम्मेदवारसहित एमाले जिल्ला सचिवालय सदस्य देवबहादुर थापा, जिल्ला सदस्य अमृता भण्डारी, ताकमका वडाध्यक्ष कलानिधि सुवेदी, वडाध्यक्षका उम्मेदवार खुमबहादुर थापा (राजु), सदस्य उम्मेदवारहरु सरस्वती पौडेल, बालकुमारी सुनार, राजु हर्मेल, मनदेवी दमाई लगायतको उपस्थिति रहेको थियो । धवलागिरि गाउँपालिकामा नेकपा एमाले एक्लै र वर्तमान सत्तारुढ दल नेपाली कांग्रेस तथा माओवादी केन्द्रले तालमेल गरी चुनाबी मैदानमा होमिएका छन् ।

Leave a Reply