नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार बनेका चिरञ्जीवी शर्माले जातीय विभेद तथा छुवाछुत भेदभाव मुक्त बेनी नगर घोषणा गरिने बताउनुभएको छ । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले शनिबार देखि सुरु गरेको गठबन्धनको चुनावी आमसभाको पहिलो दिन बेनपा-५, पुरुन्नेको दलित बस्तीमा पुगेर गठबन्धनले जातिय विभेदको अन्त्य गर्नेे गरी समुदायस्तरमै आत्मनिर्भर, सम्मानजनक जिवनयापनलाई प्राथमिकता दिने बताउनुभयो ।

‘बेनी नगरपालिका कागजमा मात्रै होईन्,ब्यवहारिक रुपमै जातिय छुवाछुत मुक्त घोषणा हुने छ’मेयरका प्रत्यासी शर्माले भन्नुभयो । जातिय छुवाछुत बिरुद्धको अभियान सफल बनाउन नितिगत निर्णयलाई हरेक बस्तीबस्तीमा पुगेर कार्यान्वयन गरिने बताउनुभयो ।‘यो गठबन्धनले यो काम पुरा नगरे तपाईहरुले हामीलाई नै घेरा हाल्नुहोला’ मेयरका प्रत्यासी शर्माले भन्नुभयो ।

मेयरसँग दलीत कार्यक्रम मार्फत पाँच वर्षभित्र छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने, सुत्केरीलाई पोषण सामग्री सहितको कोशेली दिने, विपन्नलाई विद्युतीय चुल्हो वितरण गर्ने, एकल पुरुषलाई भत्ता दिने प्रतिबद्धता गर्नुभएको छ ।

त्यस्तै माओवादीबाट उप–प्रमुखको उम्मेदवार ज्योति लामिछानेले विभेदका घटनामा कमी आउन सकेका अवस्थामा गठबन्धनको साझा प्रतिबद्धता नै भएको बताउनुभयो ।कानूनमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको अवस्थामा जनप्रतिनिधिले नारा सहित नै अभियानमा सक्रिय भएको बताउनुभयो ।

उपमेयर की उम्मेदवार लामिछानेले जातीय विभेद तथा छुवाछुत उन्मुलन विरुद्ध दिवसमा मात्रै नभई हरेक दिन कार्यक्रम हुने गरी योजना बनाउने समेत बताउनुभयो । उहाँले महिलाहरुको क्षमता विकास र अधिकार सम्बन्धी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply