म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा चुनाबी तालमेल भएको छ । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो ।

पाँच दलित गठबन्धनमा सहमती नभएपनि अन्तीम चरणमा काँग्रेस र माओवादीबिच मेयर उपमेयरमा चुनाबी तालमेलको सहमती भएको हो ।सहमती अनुसार, काँग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादीका मेयरका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादीका मेयरका उम्मेदवार र काँग्रेसका उपमेयरका उम्मेदवारको मनोनयन फिर्ता गराइएको थियो । त्यसैगरि माओवादी केन्द्रका उपमेयरका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ । चुनावी तालमेलमा जिल्ला समन्वय समिति एमाओवादी केन्द्र, उपप्रमुख नेपाली कांग्रेसले लिने सहमति भएको छ ।

बेनी नगरपालिकामा काँग्रेसर माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ वडामा समेत चुनाबी तालमेल गरेका छन् । यसैबिच सत्ता साझेदार नेकपा (एकिकृत समाजवादी) म्याग्दीमा चुनाबी गठबन्धनबाट अगल भएको छ । काँग्रेस र माओवादीले चुनाबी तालमेलमा वेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुको साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी समेत सबै फिर्ता गरिएको पार्टीले जनाएको छ ।

Leave a Reply