म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । मोटरसाइकको पछाडी बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानको मुखमा सामान्य चोट लागेको छ । बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल पुगेको छ । कालोपत्रका लागि स्तरोन्नतिको क्रममा रहेको बेनी–दरवाङ सडकको बाङ्गे पहिरोको सडक ग्रेड नमिलेको उकालो छ ।

Leave a Reply