आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच प्रमुख र उपप्रमुखमा तालमेल नगरी छुट्टा-छुट्टै उम्मेदवार दर्ता गरेपनि बेनी नगरपालिका भित्र ५ वडामा रुख र हसिया हथौडामा चिन्हमा भोट हाल्ने भएका छन्।

वडास्तरमा भएको तालमेलमा एउटै चुनाव चिन्हमा मतदान गर्ने सहमति अनुसार कांग्रेसले पाएको वडामा माओवादीका उम्मेदवारले रुख चिन्हमा भोट माग्ने र माओवादीले पाएको वडामा कांग्रेस उम्मेदवारले समेत हसिया हथौडामा चिन्हमा भोट माग्ने भएका हुन् । वडास्तरमा भएको तालमेलमा बेनपा–२ ज्यामरुककोटमा कांग्रेस, बेनपा–६ माओवादी केन्द्र, बेनपा–७ कांग्रेस, बेनपा–८ कांग्रेस, बेनपा–९ कांग्रेसको चुनाव चिन्हबाट संयुक्त रुपमा उम्मेदवारी दिइएको छ ।

सत्ता गठबन्धनको जिल्लाभरको गठबन्धन हुन नसकेपनि सहमति भएका वडामा अध्यक्ष पाएको पार्टीको नै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको बेनपा–२ का वडा अध्यक्षका उम्मेदवार यामबहादुर कार्कीले बताए । ‘उम्मेदवारको मत बदर रोक्न यो अभ्यास गरेका छौ,‘हाम्रो बिचार फरक छ, हामीले वडालाई एकताबद्ध रुपमा सञ्चालन गर्नेछौ’ अध्यक्ष कार्कीले भने । वडास्तरमा भएको तालमेललाई दुबै पार्टीले समेत सहमति जनाएको छ ।

नेपाली कांग्रेस र माओवादीले मनोनयन दर्ता नै गरेकाले वडास्तरको गठबन्धन नटुट्ने निश्चत भएको छ । यता धवलागिरी गाउँपालिकास्तरमा भएको सहमतिमा समेत चुनाव चिन्ह साझा रुपमा प्रयोग गर्ने सहमति भएको छ । धवलागिरीमा वडातहसम्मै सहमति भएको छ ।

Leave a Reply