नेकपा एमालेले पर्वतको जलजला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । गण्डकी प्रदेश कमिटीले सोमबार विहान अध्यक्ष पदमा लालबहादुर अधिकारी र उपाध्यक्षमा सुनिता जिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जलजला २ मल्लाज निवासी अध्यक्षको उम्मेदवार अधिकारी पालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । भने उपाध्यक्षको उम्मेदवार जिसी जलजला ७ मिलनचोक निवासी हुनुहुन्छ । पालिका कमिटीमा सहमति नभएपछि ६ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएसँगै आज एमालेले उम्मेदवारी दर्ताको तयारी गरेको छ ।

Leave a Reply