अमेरिकाको मध्यावधी निर्वाचनमा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले म्याग्दीको सदरमुकाम बेनीबजार प्रकृतिको बरदान पाएको बजार भएको बताउनुभएको छ ।

कालीगण्डकी र म्याग्दी नदीले बेनीबजारको सुन्दरता बढाएको बताउनुभयो । पारिवारिक भेटघाटको सिलसिलामा बेनीबजारमा आउनुभएका भण्डारीले बेनीबजार आसपासका क्षेत्रलाई राम्रोसँग चिन्ने बताउनुभयो ।

बेनीबजारमा रहेका आफन्तसँगको भेटघाटपछि पत्रकार महासंघ म्याग्दीको कार्यालयमा आयोजित कार्यक्रममा अमेरिकाको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित पहिलो नेपाली मूलका सांसद भण्डारीले कालिगण्डकी नदीको महत्व विश्वभर रहेको बताउनुभयो ।

‘मेरो त यो प्यारो ठाउँ हो,‘धेरैपटक यहाँ आएको छु,‘पारिवारिक सम्बन्धले समेत बलियो बनाएको छ’ भण्डारीले भन्नुभयो ।उहाँले नेपाल भ्रमणको क्रममा साथीभाईले पबित्र कालिगण्डकीमा स्नान गर्न गरेर आउन समेत सुझाव दिएको समेत बताउनुभयो ।

भेटघाटको क्रममा भण्डारीले संघीय संरचनालाई आर्थिक रुपमै आत्मनिर्भर बनाउने मोडेलमा जानुपर्ने समेत बताउनुभयो । ‘जुन स्टेट छ, त्यो आफै आत्मनिर्भरताको मोडेलमा जानुपर्छ,‘विस्तारै नेपालमा सम्भव पनि छ’ उहाँले भन्नुभयो । भेटघाट कार्यक्रममा प्राज्ञिक ब्यक्ति किरण सापकोटा, पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

अध्यक्षता पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चाालन सचिव सन्तोष गौतमले गर्नुभएको थियो । मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट डेमोक्रेटिक पार्टीका तर्फबाट निर्वाचित भण्डारीले मेरिल्याण्ड राज्यमा नेपाली मूलका नागरिकको बसोबास नेपालीको समस्या समाधानमा निरन्तर सक्रिय हुनुहुन्छ ।

Leave a Reply