म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, राम्चे नाँगीका कृष्ण पूर्जाको शब्द र स्वरमा रहेको ‘हात समाई सँगै नाचौला’ गीतको भिडियो बजारमा आएको छ । हिमाञ्चल माविका शिक्षक समेत रहनुभएका पुनले आफ्नै विद्यार्थीलाई कलाकारको रुपमा अगाडी सारेर नयाँ बर्षको अवसरमा आफ्नै यूटुव च्यानल कृष्ण पूर्जायुटुव च्यानल मार्फत बजारमा आएको छ ।

म्यूजिक भिडियोमा पुर्जालाई तारा श्रीष मगरले गायनका साथ दिनुभएको छ भने छांयाकनमा कमल पुन,सम्पादन छवि राना मगर, निर्माता जमायाँ पुर्जाले गर्नुभएको छ । हिमाञ्चल माविको प्राङ्गनमा छायांकन गरिएको म्यूजिक भिडियोमा विद्यालयकै विद्यार्थीनै कलाकारको भूमिकामा छन् । मगर समुदायको गितसंगीतमा केन्द्रित भएर विभिन्न गतिविधिमा संलग्न गायक तथा रचनाकार पूर्जाले यो कौराह भएको बताउनुभयो ।

Leave a Reply