नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका-७, सङ्गमचोक निवासी अर्पणा श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बालगृहलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।

म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरेर खाद्यान्न सहयोग प्राप्त भएको नेपाल बाल सङ्गठनले जनाएको छ । जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर आफूले सानो भए पनि बालबालिकालाई खाद्यान्न सहयोग गरेको अर्पणा श्रेष्ठले बताउनुभयो । उहाँले दाल, चामल, नुनतेल, पानी, दुधलगायत खाद्यान्नहरु सहयोग गर्नुभएको छ ।

उक्त सामग्रीहरु श्रेष्ठले नेपाल बाल सङ्गठन म्याग्दीका सचिव सन्दीप खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बाल सङ्गठनका अध्यक्ष राजेश शाक्य, समाजसेवी रेश्मा शाक्य लगायतको विशेष उपस्थिति रहेको थियो । हाल म्याग्दी बालगृहमा ११ जना अभिभावक नभएका बालबालिकाहरुले अध्ययन गर्दै आइरहेका छन् ।

Leave a Reply