लायन्स क्लव अफ बेनी पिस सिटिको सोमबार सम्पन्न सातौं अधिवेशनबाट वर्ष २०२२÷०२३ का लागि अध्यक्षमा नन्दु पाईजा चयन भएका छन् । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री,, दितृय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, तृतीय उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिबमा सचिव बामदेब रिजाल, कोषाध्यक्षमा दुर्गा बुढा लगायत रहेका छन् । क्लवले एलसिआइएफ, मेम्बरसिप लगायत विभिन्न संयोजक पदमा समेत चयन गरेको छ ।

क्लवको स्थापनाकालदेखि जिल्लामा विभिन्न सामाजिक कार्यका साथै कोरोना रोकथाम अभियानमा निशुल्क एम्बुलेन्स सहितको सेवा प्रदान गरेको थियो । साधारणसभामा संस्थापक अध्यक्ष राजेश शाक्य, लायन्स क्लव अन्तराष्ट्रियका सिनियर एड्भाइजर लोकेश पुन, पूर्व अध्यक्ष खम थापा, निवर्तमान अध्यक्ष सुर्वण रिजाल लगायतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply