नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाले म्याग्दीको सदरमुकाम बेनीबजारको मुख्य चोकमा धमाधम जेब्राक्रस बनाउन थालेको छ। एकतर्फी यातायात सञ्चालन गरेपनि ट्राफिक ब्यवस्थापनमा न्यूनतम पूर्वाधार तर्फ समेत सम्बन्धित निकायले ध्यान नदिएपछि विप्लवका नेताकार्यकर्ताले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति सहित तीन स्थानमा जेब्राक्रस बनाएर रचनात्मक काम सुरू गरेको हो ।

जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरी थप हुलाकचोक, न्यूरोड, क्याम्पसचोक लगायतका स्थानहरूमा जेब्राक्रस बनाइने नेकपा म्याग्ग्दीले जनाएको छ । नेकपाका नेता, लालु किसान,दिपा,उषा लगायतका नेता–कार्यकताका साथै जनप्रगतिशिल पत्रकार संगठन म्याग्दीका अध्यक्ष बालद शाही, सुमन थापा लगायत सक्रिय छन् ।

सदरमुकामसम्म जोडिने अति व्यस्त सडकमा दुर्घटना न्यूनीकरण गर्नका लागि जेब्राक्रस सहज हुने जिल्ला ट्राफिक कार्यालयका प्रमुख इन्द्र नेपालीले बताए ।‘मापदण्ड सहित आवश्यक प्राविधिक सहयोग गरेका छौ,‘ट्राफिकअभियानमा सबैको हातेमालो आवश्यक छ’ प्रमुख नेपालीले भने ।

बाटो काट्दा जेब्राक्रसको प्रयोग अनिवार्य मानिन्छ । भिडभाड हुने सार्वजनिक स्थान, स्कुल, मन्दिर लगायतका महत्वपूर्ण क्षेत्र आसपासमा सवारीको चाप नियन्त्रण गर्न जेब्राक्रस बनाइन्छ । बेनपा–७ र ८ वडाको लगानीमा यसअगाडी बनाइएका केही जेब्राक्रस मापदण्ड विपरितका थिए ।

बेनीबजारमा एकतर्फी कार्यान्वयनमै विवाद भएका कारण अति आवश्यक मानिएका काम समेत हुन सकेको छैन् । नेकपाले बजारभित्रको खाल्टाखुल्टी मर्मतमा समेत कसैको ध्यान नजाँदा दुर्घटनाको जोखिम बढेको छ । बेनीबजार प्रवेशद्धारमा ‘कन्भेक्स मिरर’ (ऐना) र बजारभित्र क्याट आईको समेत आवश्यकता रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

Leave a Reply