स्थानीय तहको चुनावलाई लक्षित गर्दै नेकपा एकीकृत समाजवादी म्याग्दीले विभिन्न पालिका, वडा तथा टोल कमिटी बिस्तारसँगै कार्यकर्ता तथा जनता भेटघाटमा सक्रियता बढाएको छ । यसै सिलसिलामा बेनी नगरपालिका वडा नं. १० पात्लेखेतमा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । युवा नेता क.विशाल थजालीको अध्यक्षतामा ४१ सदस्यीय वेनीनगरपालिका वडा नम्वर १०(पात्लेखेत)को वार्ड कमिटी गठन गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादी म्याग्दीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले चुनाव नजिक आएको र चुनावको अभियान स्वरुप अब एकीकृत समाजवादी टोलटोलबाट उठ्न शुरु गरिसकेको बताउँदै आफूहरुको लडाइँ प्रतिगमनका विरुद्ध भएको जानकारी गराउनुभयो । अध्यक्ष विश्वकर्माले महिला, दलित र पिछडिएका बर्गको मुद्दा एकीकृत समाजवादीले सम्बोधन गर्ने भएकाले सबैलाई एकीकृत समाजवादीमा आवद्ध हुन आग्रह गर्नुभयो ।

पार्टीका बेनी नगरपालिका अध्यक्ष मुक्ति पाइजाले चुनाव जिताएर पठाएका नेताहरु एकपटक पनि गाउँ नफर्किएको, जनताका समस्या दिनानुदिन बढिरहेको हुदा अबको विकल्प एकीकृत समाजवादी भएको र यसै पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । नेताहरुले बाटो बिराएपनि अब आफूहरु नयाँपन खोज्दै गाउँ आइपुगेको पाइजाले बताउनु भयो । निर्वाचित वाड अध्यक्ष विशाल थजालीले पात्लेखेतले नयाँपन खोजेको र त्यो युवावाट मात्र संभव भएका कारण आफू पार्टीमा आवद्ध भएको जानकारी गराउनु भयो ।

Leave a Reply