नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले म्याग्दीको सदरमुकाम बेनीबजारको मुख्य चोकमा जेब्राक्रस बनाउन थालेको छ। एकतर्फी यातायात सञ्चालन गरेपनि ट्राफिक ब्यवस्थापनमा न्यूनतम पूर्वाधार तर्फ समेत सम्बन्धित निकायले ध्यान नदिएपछि विप्लवका नेताकार्यकर्ताले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति अगाडी जेब्राक्रस बनाएर रचनात्मक काम सुरु गरेको हो ।

नेकपा म्याग्ग्दीकी नेता दिपा,उषा लगायतका नेताकार्यकताको उपस्थितीमा बिरेन्द्रचोकबाट सुरु भएको अभियानलाई सदरमुकामभित्र आवश्यक पर्ने स्थानमा बनाउने नेकपाले जनाएको छ ।

यसअगाडी नगरपालिका अन्तरगत वडाले जेब्राक्रस बनाएपनि जेब्राक्रसको कमै प्रयोग भइरहेको थियो । जेब्राक्रस मेटिएपनि नगरपालिकाले खासै चासो देखाएको छैन् । बाटो काट्दा जेब्राक्रसको प्रयोग अनिवार्य मानिन्छ ।

भिडभाड हुने सार्वजनिक स्थान, स्कुल, मन्दिर लगायतका महत्वपूर्ण क्षेत्र आसपासमा सवारीको चाप नियन्त्रण गर्न जेब्राक्रस बनाइन्छ । बेनीबजारमा एकतर्फी कार्यान्वयनमै विवाद भएका कारण अति आवश्यक मानिएका काम समेत हुन सकेको छैन् । नेकपाले बजारभित्रको खाल्टाखुल्टी समेत पुर्ने जनाएको जनप्रगतिशिल पत्रकार संगठन म्याग्दीका अध्यक्ष बादल शाहीले बताए ।

Leave a Reply