मानव समाजको विकासको गतिसँगै घट्ने विविध घटनाक्रमहरुको द्योतकवा स्मृतिका रुपमाविभिन्नधर्म र संस्कृतिअन्तर्गत रहेर विभिन्नमहापू्रुषहरुको जन्मजयन्तितथा चाडपर्व मनाउने गरिन्छ।

हाम्रो जस्तो धर्म र अध्यात्मप्रधान देशमाप्रतिदिनकुनै न कुनै उत्सवले जीवनमानयाँनयाँउम¬ंग, उत्साह र खुसीकालहरहरु पैदागरिरहेका हुन्छन्। हाम्रो समाजमा सम्पादितहुने विभिन्न चाडपर्वहरु मध्ये शिवरात्रीवाशिवजयन्ति एक प्रमुखपर्व हो। यस दिनलाई हामी सबै आत्माहरुकापिता, सृष्टि जगतकाबीज परमात्माशिवको यस धर्तिमाअवतरित भएको यादगारको रुपमामनाउने गर्दछौ। त्यसैले भनिन्छ– ‘सबै पर्वमापर्व महान्, शिवरात्री नै सर्व महान’् ।

महाशिवरात्रीपर्वको स्मरणका साथसाथै सर्वधर्मका सबै अनुयायीहरुको मानसपटलमा परमात्माशिवको याद तरोताजाभएर आउने गर्दछ। जानेर वानजानेर भक्तहरु अतिश्रद्धा र आस्थाका साथ परमात्माशिवको भक्तिएवं आराधानामामग्न रहन्छन्। हरेक शिवकामन्दिरमा ॐनमःशिवायकाध्वनिहरु गुञ्जायमान हुन्छन्। ब्राह्मणहरु पाठपूजामा लाग्दछन्भ।कतिपयभक्तहरुले यस दिनव्रतआदि राख्दछन्, जागरण बस्दछन्। कतिपय यस्ता भक्तहरु पनि छन् जसले यस दिनमाभाङ्ग, धतुरो आदिलाई प्रसादको रुपमा सेवनपनिगर्दछन्।

भजन, कीर्तनका साथफलफूल, नैवेध, वेलपत्र, दुधआदिशिवजीमा चढाई विधिवत् रुपमापूजाआराधनागर्दछन्। हुन त हरेक चाडपर्वहरुले मानव समुदायको लागिआध्यात्मिकक्रान्तिको सन्देश लिएर आएका हुन्छन् तर यो शिवरात्रीपर्व अन्यपर्वभन्दा छुट्टै र अलौकिक छ, जसले सम्पूर्ण मानव समाजकालागिअलौकिक सुखद् प्रेरणाको साथसाथै खुशी र परिवर्तनको सन्देश पनिल्याएको हुन्छ।अन्यपर्वहरुले त कुनै घटना वा देहधारी व्यक्तिविशेषको यादलाई स्मरण गराउँछन् तर यस महानपर्वले त सम्पूर्ण देवी–देवताहरुको पनि रचयितानिराकार परमात्माशिवको स्मरण गराउँछ।

यस महानपर्वभित्र के रहस्य लुकेको छ या यस पर्वभित्रचल्दै आएका रीतिरीवाजहरुले मानव समाजलाई कुन सन्देश दिनखोजिरहेका छन्?जसप्रतिआजमानिसहरुको ध्यानपुग्न सकेको छैन।हामीपर्व त मनाउँदै आईरहेका छौ, तर केबल परम्परा वा रीतिरीवाजको अनुकरणको स्तरमामात्र।तसर्थ पाठकवृन्द, अब यस महानपर्वकाविविधपक्षहरुको विश्लेषण एवं तिनीहरुकाआध्यात्मिक रहस्यलाई अध्ययन गरौं।

महाशिवरात्रीपर्वको पनिआफ्नै अलौकिकआध्यात्मिकमहत्व छ। यो पर्व फाल्गुन कृष्णपक्षको चतुदर्शीमा पर्दछ। शिवको यस जगतमाअवतरणको बेला रात्रीमा देखाईएको छ। जहाँ रात्रीको अर्थअन्धकार, अविवेक, भ्रम, अस्पष्टता, अनैतिक, अलमल, आलस्यको प्रतिकहो। सत्य र त्रेतायुगलाई ब्रह्माको दिन र द्वापर र कलीयुगलाई ब्रह्माको रात्रीमानिएको छ।

कलियुगको अन्ततिर जब जगतमादुःख, कष्ट, चिन्ता, आपशीशंका, अविश्वास, युद्ध, कलह, प्राकृतिकप्रकोप आदिविकारहरुले मानवआत्मालाई त्राही–त्राहीमानपारिरहेका हुन्छन्।

अन्याय, अत्याचार, पापाचार, व्यभिचार र भ्रष्टाचारले जीवनदुष्कर बनिरहेको हुन्छ। काम, क्रोध, लोभ, मोह, अहंकार, आलस्य, सुस्ति र अलवेलापन(भोलिवाद) रुपिनागहरुले डसेर मानवजीवनविषाक्तबनिरहेको हुन्छ। मनुष्यात्माहरु “त्राहीमान”बन्दै भगवानको पूकार गरिरहेका हुन्छन्, त्यतिबेला परमपिताशिव परमात्मा यस पृथ्वीलोकमाअवतरण गर्नुहुन्छ। उहाँको जन्म र कर्म दुबै दिव्य छ।

सर्वशक्तिमान् परमात्माशिवको मन्दिरको अगाडि शिवको वाहान साँढे अर्थात् नन्दिगणलाई प्रतिमाको रुपमा राखिएको हुन्छ। त्यो परमात्माशिवबाबाको रथ, पृथ्वीमापदार्पण गर्ने आधार, बृद्ध प्रजापिताब्रह्मा रुपीमानव शरीरको प्रतिकहो। यसरी ब्रह्माको शरीरको आधार लिएर परमात्माशिव यस जगतमापदार्पण गर्नुहुन्छ। गीतामाभनिएको छ– ‘‘म प्रकृतिलाई वशमा गरी आफ्नो योगबलद्धारा प्रकट हुन्छु।

”पहिले सत्य र त्रेतायुगकापवित्रआत्माहरु, जो ८४ जन्मको चक्रमा परि देह–अभिमान र इन्द्रियजन्यविकारको वशमा परि मलिन, दुःखी, विकारग्रस्त भैरहेका हुन्छन्,

उनिहरु पूर्वजन्मको संस्कारले गर्दा कुनै माध्यबाट ब्रह्माको नजिक पुग्दछन्। त्यस्ताआत्माहरुलाई शिवबाबाले ब्रह्मा मुखद्धारा ‘ब्रह्मामुखवंशावली सच्चा ब्राह्मण बनाउनु हुन्छ, गोद लिनुहुन्छ।’ उनिहरुलाई श्रेष्ठ मत, गीता ज्ञान रत्नद्धारा श्रृङ्गार गर्नुहुन्छ। ईश्वरीय गुणहरुको धारणाद्धारा पवित्र बनाउनुहुन्छ।

अनितिनै ज्ञानी बनेका आत्माहरुद्धारा अरु आत्माहरु, जो पूर्व जन्ममापवित्रआत्माथिए, तिनीहरुलाई ज्ञान अमृत पान गराउनुहुन्छ। ज्ञान, योग, धारणा र सेवाद्धारा श्रेष्ठ महानआत्मा बनाउँनुहुन्छ। युद्ध, प्रदूषण, विकार, प्राकृतिकप्रकोपले जर्जर भएको पुरानो युग, पुरानो संसारको विनाश पछि यसै पृथ्वीमानयाँकल्पको प्रथमयुग, जसलाई स्वर्गलोक, सत्ययुग, सुखधामआदिनामले चिनिन्छ। जसमाअहिलेका पुरुषार्थी आत्माहरु दिव्य सौभाग्यप्राप्तगर्दछन् अर्थात् सुख–शान्तिमा रहन्छन्।यसरी परमात्माशिवबाबाको पृथ्वीमाअवतरण कलियुगको अन्ततिर र नयाँकल्पको प्रथमयुग सत्ययुगको शुरुवातबीचको सानो लिप्त–युगवा संगमयुगमा हुन्छ।शिवको पूजा देविदेवताहरुको पूजाभन्दा फरक छ। यसलाई मनन् र चिन्तनगर्ने हो भने कतिपय रहस्यहरु स्वतः स्पष्ट हुँदै जान्छन्।

कृष्ण अष्टमी, रामनवमी, श्रीपञ्चमी, बौद्ध पूर्णिमाआदिपर्वमाजन्मतिथिउल्लेख गरिएको छ। शिवचतुर्दशीभनिदैँन बरु शिवरात्री भनिन्छ। त्यस्तै देविदेवताहरुको पूजागर्दा स्वादिष्ट अन्न र सुगन्धितफलफूलआदिअर्पण गर्दछौ तर शिवलाई आँक र धतुराको फूल, बयर, बेलपत्रआदि चढाउँछौ। यसको पनिआफ्नैे महत्व र रहस्य छ।

प्रथमतः देवि¬देवताहरु यस पृथ्वीमाजन्मलिएर असलकर्मद्वारा प्रख्यात, आदरणिय र पूज्यभएकाहुन्। त्यसकारण उनिहरुको जन्मतिथिमनाईन्छ। मानवरुपहुनाले मानवोचित शुद्ध, सात्विकभोजन प्रसाद स्वरुप चढाइन्छ तर शिवजन्म–मरणको चक्रबाट मुक्त, ज्योति स्वरुप, प्रकाश स्वरुप र विन्दु रुप विदेहि भएकाले स्वादहिनखाना चढाई गलत संस्कार, गलतबानी–ब्यहोरा त्याग गर्ने प्रण गरी शिव ज्योतिमाभष्मगर्न अर्पण गरिन्छ। आँक र धतुरो चढाउँनु भनेको नशालु खानपानको त्याग गर्ने प्रतिज्ञा गर्नु हो। बयर चढाउनु अरुप्रतिको कटुता, कुण्ठा, ईष्र्याको त्याग गर्नु हो। त्यस्तै तिनपाते बेलपत्र चढाउनु अर्थात् काम, क्रोध, लोभ जस्ता विकारहरुको त्याग गर्ने प्रण गर्नु हो।

शिवरात्रीमाउपवास गरिन्छ, तर उपवासको अर्थ नबुझीअन्नको त्याग गरिन्छ। उपभनेको उच्चवामाथिल्लो, वास भनेको स्थिती अर्थात् उपवास भनेको आफ्नो दृष्टि, स्मृति, वृत्ति, कृत्ति, संकल्प, संस्कार, वाणीलाई पवित्र र प्रियबनाई स्वयंको चालचलनलाई शितल र आदर्श बनाउनु हो, स्वयं परिवर्तन भई विश्व परिवर्तन गर्नु हो। आजको समयमा भ्रष्टाचारलाई शिष्टाचार मानिएको छ। यहाँइमान्दारीलाई कमजोरी ठानिन्छ।

अनाचार, व्यभिचार र उत्ताउलोपन संस्कार बनेको छ। मानव नै मानवको खतरनाकदुष्मनबनिरहेको छ।गीतामा वर्णित धर्मग्लानीको समय यही नै हो।शिवरात्रीमाजागरण पनि बस्ने गर्दछन्। सच्चाजागरण स्थुलआँखाखोल्नाने हुँदैन तर सुक्ष्म मनरुपिआँखाखोल्नाले हुन्छ। अन्र्तचक्षुद्धारा आत्मादर्शन, परमात्मादर्शन,समयदर्शन, कर्मदर्शन र जीवनदर्शन गर्नु नै सच्चाजागरण हो।मनरुपीमन्दिरमा ज्ञानको दियो बाली अज्ञानको अन्धकारलाई विनाशगर्नु नै सच्चाजागरण हो। परमात्माशिवबाबाले नै हामी सबैमा यो आध्यात्मिकजागृतिल्याउने कार्य गर्नुहुन्छ। मन, बुद्धिलाई सधैं जागृत अवस्थामा राख्न सिकाउनुहुन्छ। यसैको प्रतिकहामीजागरण बस्ने गर्दछौ।

आजको यस पतित, दुःखमय पुरानो सृष्टिलाई परिवर्तन गरेर पावन, सुखमयबनाउनआजभन्दा ८३वर्ष अगाडि संयुक्तभारतको सिन्धप्रान्तमा ६० वर्षिय वृद्ध ब्रह्मा (लेखराजदादा)को तनमा सर्वशक्तिमान परमात्माशिवको अवतरण भएको थियो। त्यसबेला देखि नै ज्ञान–यज्ञको सुरुवात राजयोगको माध्यमद्वारा भैसकेको छ।

यस यज्ञमा विश्वका १४० देशमा १० हजारभन्दा बढी राजयोग केन्द्रहरु र १५लाखभन्दा बढी मानवआत्माहरु पवित्र, ज्ञानी, शितल, योगी र सन्तुष्टमणि बनी परमात्माशिवबाबाको रुद्र ज्ञान–यज्ञमा सहर्ष सेवा पु¥याई आफ्नो वर्तमानजन्मआदर्श, सफल र समर्थ पारी नयाँकल्प, नयाँ स्वर्णिम युगमाउच्चअलौकिकप्रालब्धबनाउने पुरुषार्थ गर्दैछन्।

स्वागत छयहाँहरुलाई स्थानिय राजयोग प्रशिक्षण सेवाकेन्द्रमाबिहानको १ घण्टालाई ज्ञान आर्जन र योगमा समर्पण गरी पवित्र, ज्ञानी, सदासुखि, हर्षितमुख र सबैको स्नेहीबनौ।महानपर्व शिवरात्रीको पावनअवसरमा सम्पूर्ण परमात्मा स्नेहीआत्माहरुलाई शुभकामनाव्यक्तगर्दछौ।
ओम् शान्ति
ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयएवं राजयोग प्रशिक्षण केन्द्र,
बेनी, म्याग्दी

Leave a Reply