नेकपा माओवादी केन्द्रमा रघुगंगा गाउँपालिका-२, भगवतीकी नेकपा एमालेबाट निर्वाचित वडा सदस्य रशिला परियार प्रवेश गर्नुभएको छ । आगामी स्थानीय तहलाई लक्षित गरे शनिबार मौवाफाँटमा स्थापना भएको पाटी कार्यालयको उद्घाटनको अवसरमा वडा सदस्य परियार सहित नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता प्रवेश गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

वडा सदस्य नेकपा एमालेको नवौँ अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो ।  सोही अवसरमा नेपाली कांग्रेसका पुर्व जिल्ला आमन्त्रित सदस्य र हाल क्रियाशिल सदस्य रघुगंगा गाउँपालिका २ भगवतीका शुशिल मल्ल, नेकपा एमाले वडा कमिटी सदस्य रमेश कटुवाल सहित एक दर्जन बढी नेता तथा कार्यकर्तालाई गण्डकी प्रदेश सभा सदस्य विनोद केसी,नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका इन्चार्ज रिमबहादुर कटुवाल र गाउँपालिका कमिटी हरी भण्डारीले सम्मान गर्दै पाटी सदस्यता दिएर प्रवेश गराउनुभएको थियो ।

मल्ल नेपाली कांग्रेस म्याग्दीका पुर्व जिल्ला आमन्त्रि सदस्य एवम् क्रियाशिल सदस्य थिए भने पाटी प्रवेश गर्नुभएका कटुवाल नेकपा एमाले वडानम्वर २ का वडा कमिटी सदस्य हुनुहुन्थ्यो । पाटी प्रवेश गर्दै मल्लले देश नेकपा माओवादीको केन्द्रको एजेण्डाले चलेको बताउदै माओवादी केन्द्र र जनताका पक्षमा रहेका ऐजण्डालाई स्थापित गराएर अघि बढ्न पाटी प्रवेश गरेको भन्नुभयो ।

पाटी कार्यालय स्थापनमा बोल्दै गण्डकी प्रदेश सदस्य केसीले पाटी कार्यालय स्थापनाले आगामी स्थानीय तह, प्रदेश र संघको चुनावमा कार्यकर्तासंग सहजीकरण अघि बढ्न सहयोग पुग्ने बताउनुभयो । एमाले र कांग्रेसको नेतृत्व रहेको स्थानीय तहमा संघियताको मर्मविपरित संचालन गरेर उपलब्धी विहिन बनाएको भन्नुभयो । माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न आगामी निर्वाचनमा माओवादीलाई साथ दिन आग्रह गर्नुभयो ।

गाउँपालिका इन्चार्ज एवम् वडा अध्यक्ष कटुवालले संघियताले गर्दा रघुगंगा गाउँपालिकालाई केन्द्रिय सरकारले चिन्ने अवसर मिलेको बताउनुभयो । बेनीमा केन्द्रित रहेको सेवा संघियताले गाउँगाउँमा पु¥याएर सहज भएको कुरा जनताले बुझ्न् आग्रह गर्नुभयो । माओवादी आन्दोलनका कारण संघीयता लागू भएर हरेक तहको नेतृत्वमा महिला, दलित, आदीबासी जनजाती महिलाले अवसर सुनिश्चित गरेको कुरा रघुगंगाबासीले बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष भण्डारीको अध्यक्षता, जिल्ला सदस्य घनश्याम परिवारको स्वागत र गाउँपालिका कमिटी सचिव भविन्द्र शेरपुञ्जाको संचालनमा रहेको कार्यक्रममा वडा कमिटीका अध्यक्ष, सचिव लगायतका कार्यकताले वडाका गतिविधि र आगामी रणनीतिबारे नेतृत्वलाई जानकारी गराएका थिए । कार्यालय उद्घाटनसंगै बसेको बैठकले आगामी निर्वाचन लक्षित रणनीति तयार गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

Leave a Reply