यूवाहरूको नेतृत्व र ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले सदरमुकाम बाहिर रहेका यूवाहरूलाई विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाउने गरेको छ ।

संस्थागत विकाससँगै सामाजिक कार्यमा समेत सक्रिय रहेको संस्थाले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न गरेको छ ।

जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले सामाजिक कुरिती र लागु औषध दुव्र्यसन अन्यूनिकरणका लागि सामाजिक जागरण जरुरी रहेको बताए ।

म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक रुपान्तरणको लागि जेसीजले विभिन्न गतिविधि गर्दै आएको बताए ।

उनले जेसीजमार्फत ग्रामिण क्षेत्रमा रहेका यूवाहरुलाई समेत साथमा लिएर सचेतनामुलक अभियान सञ्चालन गर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विरेन्द्र गुरुङले आगुऔषध र्दुव्यसन र बालविबाहको अवस्था, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले सामाजिक कुरिती न्यूनिकरणमा सरोकारवालाको भूमिकाबारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कार्यालयले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, युवा क्लब, आमा समूह र बालक्लबका प्रतिनिधिहरुको सहभागीता रहेको म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले बताए ।

उनले उक्त कार्यक्रममार्फत उत्तरी क्षेत्रका यूवालाई जेसीजका गतिविधिका बारेमा समेत जानकारी गराउन पाएको बताए । म्याग्दी जेसीजका कोषाध्यक्ष सुमन बानियाँले आस्थापाठ गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले गरेका थिए । जेसीजमार्फत जिल्लाका पर्यटकीयस्थलको प्रर्बधन, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्यमा समेत सक्रियता देखाउने गरिएको छ ।

Leave a Reply