पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया खुर्पाले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका ६ घर भई हाल डम्डारेखोला बस्दै आएका ४३ बर्षिय राजु परियारले अन्दाजी ४१ बर्षिया श्रीमती सिता परियारको हत्या गरेका हुन् । शुक्रबार विहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक महिलाको शरिरमा निल डाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमान् राजु परियार सहित घटना स्थलबाट खुर्पा (हसिया) पनि नियन्त्रणमा लिएको छ ।

दुवै श्रीमान् श्रीमती यस अघि पनि पटक पटक झगडा गरेर सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आउने र मेलमिलाप पश्चात् फर्किने गरेका थिए । शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।

मृतकका एक छोरा र एक छोरी रहेका छन् । तर दुवै छोराछोरी उनीहरुको साथमा छैनन् । शुक्रबार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र शनिबार उनीहरुका आफन्त आएपश्चात् मृतकको सव बुझाउने प्रहरीले जनाएको छ ।

Leave a Reply