जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट विधुतीय राहदानी अर्थात् ई-पासपोर्ट आवेदन लिने कार्यको शुभारम्भ भएको छ । राहदानी विभागको जिल्ला प्रशासन कार्यालयमा आवश्यक उपकरण जडान तथा कर्मचारीलाई प्रशिक्षाण् दिएपछि अब ई–पासपोर्ट वितरण लिएर विभागमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ ।

बुधबारदेखि जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन संकलन सुरु भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताउनुभयो । उहाँका अनुसार विधुतीय राहदानीको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

‘अहिले कति दिनमा आइपुग्छ भन्ने जानकारी छैन्,‘सबै सहज हुदै गएमा धेरै दिन कुर्नुपदैन’ शर्माले भन्नुभयो । आवेदन दिनेहरूले अनलाइनमा विवरण भरेपछि जिल्ला प्रशासन कार्यालयबाट बाँकी काम सम्पन्न गरी विभागमा पठाउने गरिन्छ ।

अनलाइनमा तोकिएको समयमै जिल्लाबाट आवेदन दिन व्यक्तिले पर्सि इ–पासपोर्ट पाउने प्रशासनले जनाएको छ। विभागले जिल्लाको हकमा पनि दुईसातासम्म पासपोर्ट उपलब्ध गराउन सकिने जनाएको छ । आवेदनकर्तालाई अति जरुरी भएमा विभागमा गएर १२ हजार शुल्क तिर्नुपर्ने भएपनि जिल्लाबाटै लिन चाहेमा ५ हजार शुल्क लाग्छ ।

 

Leave a Reply