जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातमा परेर ज्यान गुमाएका धवलागिरी गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालका आफन्तलाई राहत उपलब्ध गराएको छ । छन्त्यालकी श्रीमति जोगमायालाई सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले मंगलबार बेनीमा राहत वापतको रु. दुई लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

वडा अध्यक्ष झकबहादुर छन्त्याल, प्रशासनका नायब सुब्बा शिब शर्मा, नेपाल पत्रकार महासंघका शाखा उपाध्यक्ष हरिकृष्ण गौतम र सचिब सन्तोष गौतमको रोहबरमा रकम हस्तान्तरण गरिएको थियो । गत पुष १५ गते गुर्जाको सुकेलट्टे स्थित गोठमा बस्दै आएका ५० वर्षिय छन्त्याल हिउँमा पुरिएर बेपत्ता हुनुभएको थियो । पुष २२ गते छन्त्यालको शव भेटिएको थियो।

Leave a Reply