सडक स्तरोन्नतीका लागि भन्दै हचुवामा बागलुङ–बेनी सडक खण्ड बन्द गरिएको भन्दै समयतालिका संसोधन गर्न माग गरेका छन्। बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि यही पुष २५ गतेदेखि माघ ९ गतेसम्म सडक बन्दको कार्यतालिका हेरफेर गरी किसान, कर्मचारी र विद्यार्थीलाई सहज हुने गरी समयतालिक हेरफेर गर्न अनुरोध गरेका छन् ।

सडकखण्डमा बिहान ५ बजेदेखि ९ः३० बजेसम्म र साँझ ४ः१५ देखि ८ बजेसम्म सवारी आवतजावत बन्द गर्ने निर्णयले तरकारी, फलफुल, दूध र अण्डा बजार बिक्री गर्न आउने बिहानको समयमा सडक बन्दले समस्यामा परेका छन् ।त्यस्तै सदरमुका बेनीमा सवारीसाधनको प्रयोग गरी आउने स्कुले विद्यार्थी र कर्मचारीलाई समेत तालिकाले सास्ती दिएको छ।

बिहान र बेलुकी बन्द हुने कार्यतालिका अब्यवहारिक भएको भन्दै बेनपा वडा नं १ र २ बासीले सार्वजनिक भएको तालिकामा बिहान र बेलुकीको समयमा एक घण्टा हेरफेर गर्न अनुरोध गरेको जनाइएको छ । ‘स्कुल समयमा बन्द हुदाँ निकै सास्ती हुन्छ,‘आवतजावत हुने मुख्य समयमै बन्दको तालिकाले मारमा परेका छौ’ भानु माविका शिक्षक शिव शर्माले भन्नुभयो । उक्त सडकखण्डमा पैदलयात्रा समेत सहज नभएको र बेनी–मालढुंगा सडक समेत बन्द हुने शिक्षक शर्माको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाको अध्यक्षतामा बसेको सुरक्षा अधिकारी, यातायात, निर्माण ब्यवसायी र पुर्बाधार बिकास कार्यालयका प्रमुखको बैठकले सडक बन्द गर्ने निर्णय गरेको थियो । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक मार्ग भएकाले समेत देशका विभिन्न राजमार्ग हुदै आउने यात्रुले समेत मालढुंगा बेनीको विकल्पको रुपमा प्रयोग गर्ने गरेका छन् ।

हाँडेभिरमा करिब दुई सय मिटर दुरीमा पहाड काटेर सडकलाई १० मिटर पराकिलो पार्न लागिएको हो । पुर्बाधार बिकास कार्यालय म्याग्दीले बागलुङ–रत्नेचौर–बेनी सडक आयोजना अन्तरगत खबरा देखि हाडेभिरको मोटरेबल पुल जोड्ने सडक कालोपत्रे गर्न २०७७ साउनमा बिरुवा–सिमरन जेभीसँग कर सहित रु. पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो ।

२०७८ असार ३० गतेभित्र काम सकिनुपर्ने यो ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थपिएको छ । सडक बिस्तार गर्ने, पर्खाल लगाउने, नाली लगायतका संरचना निर्माणका काम भैरहेको छ ।  एक किलोमिटर २०० मिटर सडक आठ मिटर चौडाईमा कालोपत्रे हुन लागेको हो ।

 

Leave a Reply