अंग्रेजी बर्ष २०२२ सालको उपलक्ष्यमा मोना जापानले फुटसलको आयोजना गरेको छ । जापानमा रहेका नेपालीहरु माँझ सुभकामना आदानप्रदान सहित आगामी जनवरी ९ तारिकको दिन प्रतियोगिताको आयोजना गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रथम मोना गोल्ड कपको सम्पूर्णे तयारी समेत पुरा भएको छ । प्रतियोगिताको अवसरमा दर्ता गरेका ३० टिमका प्रशिक्षक, खेलाडी तथा क्याप्टेनको उपस्थितीमा कार्यक्रम गरिएको थियो । प्रतियोगिताको विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण समेत गरिने छ ।

 

Leave a Reply