म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुईनेगाउँ पहिलोपटक सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको करिब ८० लाख आर्थिक तथा स्थानीयको श्रमदानबाट निर्मित सडकको प्राविधिक पक्षले नापजाँच समेत गरिरहेको छ । छिमेकी धवलागिरी गाउँपालिका वडा नं ५ मल्कबाङमा पर्ने भेडीखाल्टाको मानेखर्कबाट सडक जोडिएको हो ।

उक्त सडक सञ्जाल जोडिएसँगै अव दुबै गाउँपालिकाबासीलाई सदरमुकाम बेनीबजार आउन सहज हुने भएको छ । सडक सञ्जालले स्थानीय कृषि उपजको बजारीकरण तथा धार्मिकस्थल रिखार आवतजावतमा समेत सहज हुने छ । तस्वीर सौजन्य कमल चोखाल

Leave a Reply