बुटवलमा आयोजित उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगितामा म्याग्दीबाट सहभागी बेनी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिकाको तर्फबाट सहभागी म्याग्दी भलिबल टिमले भिमदत्त नगरपालिका कञ्चनपुर, कैलरी गाउँपालिका, कैलाली, क्वाटरफाइनलमा टिकापुर नगरपालिकालाई पराजित गदैं सेमिफाइनलमा प्रवेश गरेको प्रशिक्षक तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिकालले तिलोत्तमा नगरपालिका रुपन्देहीसँग सेमिफाइनलमा खेल्ने छ । म्याग्दी भलिबलकी खेलाडी पवित्रा सिर्पालीको नेतृत्वमा रहेको छ । जिल्ला खेलकुद विकास समितिको संयोजनमा खेल्लमा सहभागी भएको टोलीले निकै उत्कृष्ट खेल प्रस्तुत गरिरहेको छ ।

‘घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा देशभरबाट १० टिम सहभागी भएका छन । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । म्याग्दीको टोलीसँगै भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रशिक्षक खड्क केसी, टिम ब्यवस्थापक गंगा केसी, मलिन रोका लगायको उपस्थिती रहेको छ ।

 

Leave a Reply