भारतमा हराएका एक बृद्ध ४० बर्षपछि घर फर्किएका छन् । करिब २५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएपछि उतै बेपत्ता बनेका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक घर फर्किएका हुन् ।श्रीमति र एक छोरालाई छोडेर आफन्तको सहयोग धन कमाउने सपना बोकेर भारत पसेका विक चारदशकपछि परिवार खोज्दै घर आएका छन् ।

भारतको जम्मू–कश्मीर राज्यको रामबन भन्ने ठाउँमा बसेर ज्याला मजदुरी,ज्यामी र चौकीदारको रुपमा काम गरे। सडक विस्तारमा आवश्यक पर्ने सामान सवारीसाधनबाट निकाल्दै गर्दा एउटा खुट्टा गुमाएका बिकले करिब २ बर्ष अस्पतालमै विताए।

कम्पनीको खर्चमा उपचारपछि पुनःकाममा फर्किएका विकले पटक–पटक परिवारसँग सम्पर्कको प्रयास गरेपनि सफल नभएको बताए। ‘एउटा खुट्टा गुमाएर बुढो शरीर ल्याएर आएको छु,‘जन्मभूमीमै मर्ने धोको अब पूरा हुन्छ’ विकले भने ।सीमावर्ती भारतको रक्सौलबाट बसमा पर्वतबेनीसम्म आएका विकलाई त्यहाँबाट बागलुङ जाने चाहना गरेपछि जिपले लगेर छोडेको थियो ।

उनले एउटा बोरामा कपडासँगै राखेको ३५ हजार आइसी समेत हराएको बताए । ‘खोल्टीमा भएको पैसा साथमै छ,‘कपडासँग राखेको पैसा र मोवाईल हराएको छ’ अर्जमका भिमबहादुर सुनारले भने। उनको साथमा रहेको ६० हजार आइसी आफन्तले राखिदिएका छन्।

भारतीय सेनाबाट अवकाश भिमबहादुरले हराएपछि सन् १९७८ सालमा खोजीकार्यका लागि जम्मू–कश्मीरमा पुग्दा मृत्यु भइसकेको खवर सुनाएपछि फर्किएको बताए। मृत्यु भइसकेको भन्दै घरमा सूचना दिएको बताउँदै फर्किएर आएपछि उत्साहित भएको बताए । कम स्मरण शक्ति भएका विककी श्रीमति र एक छोरा ससुरालीमा आफन्तको घरमा बस्दै आएका छन्।

श्रीमति मुटुरोगी भएकाले काठमाण्डौमा रहेको र छोरा मानसिक सन्तुलन कमजोर छ।भारतमै हराएका श्रीमान घर फर्किएको खवर सुनेर परिवार र गाउँले हर्सित भएपनि काठमाण्डौमा नियमित उपचारका लागि गएकी श्रीमतिसँग भने भेट हुन पाएको छैन् । बृद्ध विकले आफ्नो जन्मभूमीमै गएर मर्ने बताएपछि भारतमा समेत उनलाई घर पठाउन आर्थिक सहयोग संकलन गरिएको थियो । तस्वीर सौजन्य लिला सुनार 

यो पनि पढ्नुहोस्: ४० बर्षपछि परिवारको खोजीमा भारतबाट आएका बृद्ध अलपत्र

Leave a Reply