Two feet of a dead body, with an identification tag. vector drawing. autopsy.

बाढीले ल्याएको हिलो र गग्रेटो सफा गर्ने क्रममा बेहोस भएका बागलुङमा एक युवाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङका १९ बर्षिय सागर नेपालीको शुक्रवार दिउसो मृत्यु भएको हो । बागलुङ नगरपालिका वडा नं. ४ स्थित उपल्लाचौरमा रहेका मोटर ग्यारेजमा उनी कार्यरत थिए ।

ससुरा यामबहादुर बिक सँगै काम गरिहरेका नेपाली अचानक बेहोस भएर ढलेका थिए । माटो उठाएर ठेलामा फाल्ने क्रममा ढलेकोले उनलाई करेन्ट लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

तर अहिले सम्म उनलाई के भएको थियो भन्ने यकिन भैनसकेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताए । अचेत भएका नेपालीलाई उपचारकालािग अस्पताल लगिएको थियो ।

अस्पताल पुग्दानपुग्दै उनको मृत्यु भएको हो । उनको शव अस्पतालमा राखिएको छ । के कारणले मृत्यु भयो भन्ने समेत यकिन नभएकोले पोष्टमार्टम रिर्पोट नआएसम्म केही बताउन नसकिएको हवारीले जानकारी दिए । ‘उनको शरिर कतै डडेको पनि छैन, घाउचोट पनि छैन, त्यसैले पोष्टमार्टम कुर्नुपर्ने छ’ हवारीले भने, घटनाको अनुसन्धान भैरहेको छ ।’ dhorpatannews.com

Leave a Reply