म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको धस्केखरे र स्वभितामा १९ घरधुरी बाढीपहिरोका कारण उच्च जोखिममा परेको छ । बस्ती माथि र तलबाट खसेको पहिरो र खोलाको कटानले धस्केखरे १६ घर र स्वभितामा ३ घर जोखिममा रहेको शिखका यूवा सुरेन गुरूङले जानकारी दिए ।

‘कुनैपनि बेला भत्किने अवस्थामा रहेका घरधुरीको समेत पहिचान भएको छ,‘स्थानीयलाई आपतकालिन सहयोग गरिएको छ’ गुरूङले भने । स्थानीयले प्रवासमा रहेकालाई सहयोग अभियानमा साथ दिन अपिल गरेका छन् । बस्तीमा जमिन चिराचिरा परेको छ भने भासिँएको आसपासका क्षेत्रमा घर भत्किने अवस्थामा रहेको उनले बताए ।

बाढीपहिरो पीडितलाई तत्काल राहतको लागि शिख रेडक्रसबाट त्रिपाल र केही भाडाकुँडा सहयोग गरिएको छ ।  गाउँपालिकाले सबै वडामा बाढीपहिरोकै कारण जोखिममा र विस्थापित हुने अवस्थामा रहेकालाई तत्काल सुरक्षित ठाउँमा राखेर आवश्यक सहयोगका लागि समन्वय गर्न अनुरोध गरेको छ । गाउँपलिका अध्यक्ष डमबहादुर पुन गर्बुजाले बाढीपहिरो पीडितलाई आवश्यक सहयोग गर्ने बताए ।

Leave a Reply