जलीय वनस्पति एल्गीमा पाइने प्रकाश सचेतना प्रोटिनको प्रयोग गरेर पूर्ण अन्धाहरुको आंशक दृशय शक्ति फर्काउन सकिने नेचर मेडिसिनमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रयोगका रुपमा एकजना दृष्टिविहीन व्यक्तिमाथि आँखाको पछिल्ला भागमा रहेका कोषहरुका नियन्त्रणका लागि सो प्रोटिन गरी ओप्टोजेनटिक्स नामक एक प्रकारको थेरापी विधि प्रयोग भएको बताइएको छ ।

ती व्यक्तिले सडकको जेब्रा क्रसिंग देखन सक्ने भएपछि उपचार प्रभाबकारी भएको महशुस गरिएको हो । नेचर मेडिसिनका अनुसार अहिले ति व्यक्तिले टेवुलमा राखिएका वस्तु समाउन र गन्न सक्छन् । नाम नखुलाइएका ती व्यक्ति फ्रान्सको ब्रिटानीमा वसोवास गर्दछन् । यो विधि अपनाएर उनको उपचार फ्रान्सको राजधानी पेरिसमा भएको हो ।

ति व्यक्तिले चालस वर्ष अघि रेटिनाइटिस पिगमेन्टोसा नामक रोगको कारण दृष्टि गुमाएका थिए । यो रोगले रेटिनाको सतहमा रहेका कोषहरुको प्रकास महशुस गर्ने क्षमतलाई मार्ने गर्दछ । यसले विश्वका २० लाख भन्दा बढि मानिसलाई सताउने गरेको अनुमान छ । तर यसले पूर्ण अन्धापनको सम्भावना अति नै न्युन संभावना छ । यि पुरुषले भने विगत दुई दशकदेखि पूर्णत दृष्टि गुमाएका थिए । बैज्ञानिकहरुले उनका दुइ मध्ये एक आँखामा दृष्टि फर्काउन सफल भएका हुन् ।

Leave a Reply