कोरोनाको मौकामा यातायात ब्यवसायीले चौका हान्ने प्रयास गर्दा प्रहरीको फन्दामा परेका छन् । विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने गरेको गुनासो पछि बस काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको गोंगवु बसपार्कस्थित बागलुङ भगवती काउण्टरबाट बागलुङका यात्रु बोकेर आउने तयारीमा रहेको बा.४ख ४९३ नम्बरको बसले प्रति यात्रु ३ हजार देखी ४ हजारसम्म भाडा लिएको पाइएपछि कर्मचारीलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु रहेको एसएसपी जनक भट्टराइले बताए ।

विभिन्न देशबाट आएका यात्रुलाई गन्तब्यसम्म लैजाने भन्दै बस काउण्टरबाट मनपरी भाडा लिने गरेको गुनासो पछि प्रहरीले नियन्त्रणमा उनको भनाई छ काठमाडौंदेखि बागलुङको नियमित भाडा सरकारले ९ सय तोकेको भएपनि कोरोनाको महामारीमा जोखिम हुने भन्दै यातायात ब्यवसायीले मनपरी भाडा लिने गरेको गुनासो आउने गरेको छ ।

Leave a Reply