नेपालीमा एउटा उखानै छ,‘माल पाएर चाल नपाएको’ म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा रहेको एउटा कोठाभित्रको दृष्यले उक्त भनाईको चरितार्थ भएको छ । गतबर्ष कोरोना संक्रमण र्फैलिएसँगै जिल्लाका सबै स्थानीय तह, बेनी अस्पतालको लगानीमा स्थापना भएको संक्रमतिलाई राख्ने आइसोलेसन कक्षका लागि खरिद गरिएका आवश्यक उपकरणहरू अलपत्र अवस्थामा छन् ।

१० वटा बेड बेनी नगरपालिकाले, ५ बेड स्थानीय तह, बाँकी विपद् व्यवस्थापन र बेनी अस्पतालले खर्चमाबाट स्थापना गरिएको थियो । दोस्रो लहरसँगै म्याग्दीमा ७०जना सक्रिय संक्रमति पुग्दा समेत बिरामीको उपचारका लागि जनशक्ति र पूर्वाधार अझै ब्यवस्थापन हुन सकेको छैन् । २० बेडको आइसोलेसनको भवन अहिले लथालिङ छ ।

संक्रमतिको संख्या दिनप्रति दिन ह्वात्तै बढ्दा समेत संस्थागत आइसोलेसनमा बस्न चाहने संक्रमतिलाई राख्न माउण्ट एभरेष्ट आवासीय माविको हिलसाईटको भवन प्रयोग गरिएको छ । बेनी नगरपालिकाले माउण्ट एभरेष्टको भवनमा ४ बेडको तयारी भएको छ भने २० बेडसम्मको तयारी भइरहेको नगर स्वास्थ्य संयोजक लिला गौतमले बताईन् ।‘थप आवश्यक परेपनि विस्तार गछौं,‘होम आइसोलेसनमा बस्न नसक्नेहरुलाई त्यहाँ राखिन्छ’ गौतमले भनिन् ।

कोरोना संक्रमित र जटिल अवस्थाका बिरामीलाई लक्षित गरी अस्पतालमै स्थापना गरिएको ६ बेड क्षमताको आइसोलेसन वार्डसमेत नियमित सञ्चालनमा छैन । आइसोलेसनका लागि आवश्यक पर्ने जनशक्ति अभाव हुँदा अहिले अस्पतालले तीन बेडको प्रिआइसोलेसन वार्ड रहेको छ ।

जिल्लाका अन्य पाँचवटै गाउँपालिकाले अक्सिजन सेवासहित पाँच–पाँच बेड क्षमताको कोरोना अस्पताल सञ्चालन गरेका छन् । ती अस्पतालमा अक्सिजनको उपलब्धता गराइएको भए पनि भेन्टिलेटरसहितको उपचार गर्न पूर्वाधार र जनशक्ति व्यवस्थापन भने हुन सकेको छैन् । हरेक बर्ष लाखौंको साम्रागी खरिद गर्ने तर निरन्तर प्रयोगमा चासो नदेखाउदाँ अनावश्यक रुपमा लाखौं खर्च भएको छ ।

 

Leave a Reply