राष्ट्रिय गौरवको आयोजना आयोजना बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा – ३ को  स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका -४ बस्ने २० वर्षीय लालबहादुर रोकाको शुक्रबार बिहान १० बजेको समयमा मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार शव निकालेर परिक्षणका लागी जिल्ला अस्पताल मुस्ताङमा राखिएको छ।

 

Leave a Reply