गएको बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नयाँ प्रकारको कोरोना भाइरसको प्रकोप फैलिइरहेका बेला भारत र जोखिमपूर्ण मानिएका जिल्लाबाट प्रवेश गर्नेलाई अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गर्यो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनामा कार्यरत ५ जना मजदुरमा कोरोना पुष्टी भएपछि उक्त निर्णयलाई प्रभावकारी मानियो । प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय १ साता वितिसक्दा समेत म्याग्दीमा भारतबाट आउनेलाई नाकामा कडाई गरिएको छैन् ।

खुल्ला सिमानाका कारण फागुपूर्णिमा मनाउन भारतसम्म पुगेर फर्किएकालाई कालिपुल नाकाम समेत आवश्यक चेकजाँच र विवरण संकलन नगरिदाँ भारतबाट कोरोना भित्रिने जोखिम थप बढेको छ भने नारच्याङ्कै मिस्त्रीखोलामा बुधबार १ महिना सहित १२ जनामा कोरोना पुष्टी भएका मध्ये केही तराई र भारतीय मुलका मजदुर समेत रहेका छन् ।

स्बाब संकलनको दायरा फराकिलो पारिएपनि कोरोना भैलिरहेको भारतीय क्षेत्रबाट आउनेहरुलाई नियमत गर्ने गरी नाकामा सूचना संकलनको काम भने हुन सकेको छैन् ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनामा पहिलोचरणमा कोरोना पुष्टी भएका पाँचैजना भारतीय हुन भने थप पुष्टी हुने १२ जनामा नेपाली र भारतीय छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

जलविद्युत लगायत अन्य विकास निर्माणका योजनाहरुका साथै अन्य विभिन्न किसिमका काममा आवद्ध रहेकाहरु धमाधम प्रवेश गर्दा समेत निर्णय अनुसार प्रभावकारी काम गर्न जिल्ला प्रशासन कार्यालय चुकेको छ।

त्यस्तै उक्त बैठकबाट जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टाइन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने, बेनी अस्पतालमा चेकजाँचलाई ब्यवस्थित तथा भौतिक दुरी कायम गर्ने, हरेक निजी तथा सार्वजनिक संघसंस्था बाहिर अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने लगायतका निर्णयको कार्यान्वय अवस्था समेत फितलो छ ।

भिडभाड कम कम गर्ने, मेलापर्व सञ्चालनमा समेत कडाई गर्ने बताइरहदाँ जिल्लाभर खेलकुद गतिविधिका साथै भिडभाड न्यून गर्ने तर्फ प्रशासन र स्थानीय तहले चासो देखाएको छैन् ।

दोस्रो लहरको कोरोना रोक्न प्रशासनले गरेका निर्णय सशक्त भए पनि कार्यान्वयन फितलो देखिएको छ ।जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रणका लागी बनेको समितिले तय गरेका रणनीति प्रभावकारी रूपमा लागू हुन सकिरहेका छैनन् ।

जिल्लाका स्थानीय तहमा रहेका कोरोना अस्पताललाई थप प्रभावकारी बनाउन स्थानीय तहको भूमिकामा प्रश्न उठेको छ ।

कोरोना संक्रमति भेटिएका स्थानहरुमा समेत आवश्यक जनस्वास्थ्यका मापदण्ड पालनमा चासो देखाइएको छैन् । अति आवश्यक मापदण्ड कार्यान्वयनमा समेत सम्बन्धित निकायको ध्यान जान नसक्नुले समेत कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले निर्णय अनुसार कार्यान्वयनमा सक्रिय रहेको बताउनुभयो ।

‘पछिल्ला दिनमा भइरहेका कोरोना सम्बन्धित सबै गतिविधि निर्णय अनुसारकै हुन्,‘थप सजक र सक्रियता भने आवश्यक छ’ प्रमुख लम्सालले भन्नुभयो । हालसम्म म्याग्दीमा संक्रमितको संख्या २४९ जना (महिला ५७ र पुरुष १९२) पुगेको छ । हाल सम्म म्याग्दी जिल्लामा २५३० वटा पिसिआर नमुना परिक्षण गरिएको थियो ।

Leave a Reply