लालुपाते फुलले सिङ्गारिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित स्थानीयको घर । सिङ्गाको वडा कार्यालय नजिकैको घरमा फुलेको लालुपातेले जो कोहीलाई पनि लोभ्याउने गरेको छ भने वडामा कार्यक्रम लिएर जानेहरु फोटो खिचेर रमाउने गरेका छन् ।

वसन्त ऋतुको आगमनसँगै यतिबेला गाउँघरमा रुख विरुवामा पालुवा चढ्नुका साथै फुलहरु फुलेपछि पर्यटकको समेत आकर्षण बढेको छ । पछिल्लो समय सहर, बजार तथा ग्रामीण भेगमा समेत स्थानीयले आफ्नो घर तथा करेसाबारीमा लालुपाते, गुलाब, धुपी, अशोकलगायत सुगन्धवाल र शोभनीय प्रजातिका फुलहरु रोप्ने थालेका छन् । विभिन्न प्रजातिका फुलले गाउँमा शोभा बढाएको छ । तस्विरः प्रताप बानियाँ÷बेनीअनलाइन

Leave a Reply