ग्लुङको बडिगार्ड गाउँपालिका बल्देधुरीमा होली खेल्ने दुई समूहबीच ग्याँङ फाइटमा परेर दुई जनाको मृत्यु भएको छ । बाग्लुङ प्युठान र बाग्लुङको सिमानामा पर्ने निसीखोला गाउँपालिका र बडिगार्ड गाउँपालिकाको सिमाना बल्देधुरीमा होलीको अवसरमा भएको बनभोज कार्यक्रममा दुई समूहबीचको झडपमा दुईजनाको मृत्यु भएको र दर्जन बढि बेपत्ता भएका हुन ।

निसिखोला गाउँपालिका ७ का वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले दिएको जानकारी अनुसार मृत्यु हुने एकजना नेपाली काग्रेसका जिल्ला सदस्य हुन भने अर्को दमै थरका स्थानीय युवक छन । घटनामा दर्जन बढि बेपत्ता भएको र उनिहरुको खोजीकार्यका भईरहेको कुँवरले बताए । जिल्ला प्रहरी कार्यलय बाग्लुङले भने घटनाको बिस्तृत बिवरण आउन बाँकी रहेको बताएको छ ।

अहिले घटनास्थलमा प्रहरीले हराएकाहरुको खोजी गरिरहेको छ । आइतबार दिउँसो बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय बढि मानिसहरु उपस्थित भएका थिए । स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का दर्जन बढि युवाहरुको बेपत्ता भएको अनुमान छ । बल्देधुरीमा होलीको हरेक वर्ष विवाद र झडप हुने गरेपनि मानवीय क्षति भएको थिएन । तर, यो वर्ष निक्कै ठुलो मानवीय क्षति हुनेगरि घटना भएको वडाध्यक्ष कुँवरको भनाई छ ।

दुवै युवालाई अर्को समूहले कुटपिटपछि भीरबाट खसालेको भन्ने थाह पाएपछि उद्धारका लागि प्रहरी खटाएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । घटनास्थल सदरमुकाम देखि १ सय किमि पश्चिममा पर्छ । आइतबार दिउँसो घटना भए पनि बेलुकी ९ बजेमात्र प्रहरी घटनास्थल पुगेको हो ।

Leave a Reply