नेपाली कांग्रेसका केन्द्रिय नेताहरू प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा छन् । निर्वाचन र पुर्नस्थापनाको एजेण्डाले कांग्रेसको विवादले पनि उग्र रुप लिइरहेको बेला म्याग्दीमा भने नेकपा प्रचण्ड–नेपाल पक्षले आइतबार म्याग्दीको सदरमुकाम बेनीमा हस्ताक्षर संकलनमा कांग्रेसका नेताहरूले हस्ताक्षर गरी साथ दिएका छन्।

नेकपाको हस्ताक्षर संकलन कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, प्रदेश ख सभापति कमल छन्त्याल लगायत नेपाली कांग्रेसका यूवाहरूले समेत हस्ताक्षर गरे । ‘संसद पुर्नस्थापना हुनुपर्छ,‘उहाँहरुको पार्टीको झगडामा देशले दुख पाएको छ’ कांग्रेस उपसभापति रेग्मीले भने ।उनले संसद पुर्नस्थापना नै कांग्रेकको माग भएको बताए ।

हस्ताक्षर संकलनको पहिलो दिन कांग्रेसका जिल्ला तथा स्थानीय तहका नेताहरुले समर्थन सहित सहभागिता जनाएको आयोजकले जनाएको छ । कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले म्याग्दीबाट हजारौं हस्ताक्षर संकलन गरी प्रतिगमन बिरुद्ध म्याग्दी एकजुट भएको सन्देश प्रवाह गर्ने बताए । उनले जिल्लामा संसद विघटन बिरुद्धको अभियानमा ठूलो जनमत रहेको समेत बताए ।

उनले प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज सर्वोच्चले उल्टाएपछि राजनीतिले पुरानै धार लिने बताउँदै प्रधानमन्त्री कदम बिरुद्ध सडक संघर्ष जारी रहेको बताए । हस्ताक्षर संकलन गरी प्रजिअ उमाकान्त अधिकारीमार्फत पठाइने यूवा संघ नेपालका सहअध्यक्ष सन्दिप खत्रीले बताए ।

संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको भन्दै यूवा संघ नेपाल र अनेरास्ववियू म्याग्दीले विरेन्द्रचोकमा सर्वसाधारणलाई संविधानको रक्षाका लागि सहभागि हुन अपिल समेत गरेका छन् । हस्ताक्षर संकलन अभियानमा नेकपाका नेता बालकृष्ण सुबेदी, अनेमा संघ म्याग्दीकी अध्यक्ष ज्योती लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply