म्याग्दीको रघुगंगा गाउँपालिका ३ स्थित रानिपौवामा प्रधानमन्त्री ओली निकट रघुगंगा गाउँपालिका भित्रका नेकपाका अगुवा कार्यकर्ताको भेला सम्पन्न भएको छ ।![](https://benionline.com.np/wp-content/uploads/2021/01/144065255_3935975436435916_394174984477264034_n.jpg)
![](https://benionline.com.np/wp-content/uploads/2021/01/144065255_3935975436435916_394174984477264034_n.jpg)
भेला लाइ सम्बोधन गर्दै पूर्व मन्त्रि तथा नेकपा केन्द्रीय कमिटी सदस्य थममाया थापाले देश र जनताको लागि सरकारले काम गरे पनि पार्टी भित्रकै आन्तरीक गुटले सरकारलाइ काम गर्न बाधा पु¥याएको बताउनु भयो । सरकारले जन अपेक्षा अनुरुप काम गरेपनि मिडियाको प्रयोग गरि सरकारको विपक्षमा विकास विरोधी तत्वहरु खेलिरहेको बताउनु भयो ।![](https://benionline.com.np/wp-content/uploads/2021/01/143859432_3935993809767412_6223397352484059836_o.jpg)
![](https://benionline.com.np/wp-content/uploads/2021/01/143859432_3935993809767412_6223397352484059836_o.jpg)
त्यसैगरी भेलालाइ सम्बोधन गर्दै संविधान सभा सदस्य नवराज शर्मा, नेकपा गण्डकी प्रदेश कमिटी सदस्य खुम बाँनिया, गण्डकी प्रदेश कमिटी सदस्य तथा पार्टी सचिव हरिकृष्ण श्रेष्ठले पार्टी एकताको पक्षमा काम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलिले द्रोस्रो अध्यक्ष प्रचण्डलाइ कार्यकारी अध्यक्ष दिए पनि प्रचण्डले पार्टी एकताको काम गर्नुको सट्टा प्रधानमन्त्रीलाइ विफल बनाउन लागि परेको बताउनु भयो ।![](https://benionline.com.np/wp-content/uploads/2021/01/143724072_3935975023102624_2602130744626155125_o.jpg)
![](https://benionline.com.np/wp-content/uploads/2021/01/143724072_3935975023102624_2602130744626155125_o.jpg)
सरकारले जनअपेक्षा अनुरुप ल्याएका विभिन्न कार्यक्रमहरु अध्यक्ष प्रचण्ड र माधव नेपालको सेटिङ्गमा नै विफल बनाउन प्रयास गरीएको बताउनु भयो । त्यस्तै युवासंघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा नेकपा म्याग्दीका युवा नेता नारायण जिसीले देश र जनताको लागि भन्दा पनि प्रचण्डले ब्यक्तिगत, पारीवारीक स्वार्थका लागि राजनिती गरेका कारण पार्टीको विभाजनको अवस्थामा आएको बताउनु भयो ।![](https://benionline.com.np/wp-content/uploads/2021/01/143732766_3935975339769259_2844937615314305051_n.jpg)
![](https://benionline.com.np/wp-content/uploads/2021/01/143732766_3935975339769259_2844937615314305051_n.jpg)
उहाँलाइ प्रधानमन्त्री ओलिले चैत्र भित्र पार्टीको माहादिवेशनका लागि तयार भएर अगाडि बढौं र त्यस पछाडि आफु अध्यक्ष नहुने भन्दा भन्दै पनि सचिवालयमा भएको बहुमतको दम्भ देखाएका कारण पार्टी विभाजन हुन पुगेको बताउनु भयो । उहाँले पार्टीले युवा पुस्ताको नेतृत्व मागेको भन्दै युवा पुस्ताहरु पार्टीको नेतृत्व लिनका लागि तयार हुनुपर्ने बताउनु भयो । कार्यक्रममा पूर्व मन्त्रि थममाया थापका स्वकिय सचिव तथा नेकपा रघुगंगा गाउँपालिका कमिटीका नेता स्वर्गीय हस्तकुमार गर्बुजा र उहाँको धर्म पत्नी स्वर्गीय नेत्र गर्बुजाको सम्झनामा प्रकाशन गरीएको आधा यात्रा नामक कितावको विमोचन पनि गरीएको थियो ।![](https://benionline.com.np/wp-content/uploads/2021/01/143004913_3935974319769361_741754775857982081_n.jpg)
![](https://benionline.com.np/wp-content/uploads/2021/01/143004913_3935974319769361_741754775857982081_n.jpg)
कितावको विमोचन महिला वालवालिका तथा जेष्ठनागरीक मन्त्रालयको पूर्व मन्त्री थममाया थापाले गर्नु भएको थियो । आधा यात्रा स्मृतिग्रन्थ विमोचन पछि स्वर्गीय गर्बुजा दम्पत्तीको नाममा सोकसभा तथा श्रद्धाञ्जली अर्पण गरीएको थियो ।
कार्यक्रममा उहाँको व्यक्तीत्व सहीत पार्टी जिवनमा पु¥याएको योग्दानको बारेमा चार्च गरीएको थियो । रघुगंगा गाउँकमिटी नेकपाका पार्टी अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को अध्यक्षता तथा नेकपा रघुगंगा गाउँकमिटीका नेता गमपुनको स्वागत र नेकपा रघुगंगा गाउँ कमिटीका प्रवत्ता चन्द्रमान छन्त्यालको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।