बेनी नगरपालिका-७, बिरेन्द्रचोक टोल सुधार समितिको अध्यक्षमा पुनः दलप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर केसी, सचिव लालबहादुर भण्डारी, कोषाध्यक्ष पुष्पा पुन निर्विरोध चयन हुनुभएको छ ।

दुई वर्षे कार्यससमितिको लागि आज सर्वसम्मत चयन भएको समितिको सदस्यमा राममायाँ श्रेष्ठ, शिवकुमार भट्टचन, भगवती शर्मा, प्रतिक्षा श्रेष्ठ,तारासिंह बुढाथोकी, हरिप्रकाश थापा, महेन्द्रकुमार श्रेष्ठ, हरिकृष्ण गौतम, थमप्रकाश आचार्य छन् । अधिवेशनले भिमबहादुर किसानको संयोजकत्वमा सरसफाई उपसमिति समेत चयन गरेको छ । अधिवेशनको उद्घाटन गदैं वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नगरपालिका भित्रका टोलसुधार समितिमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले नियमित सरसफाई, निशुल्क खानेपानी, ढल मर्मत तथा पुष्पबाटिका, भाडामा बस्नेलाई सम्मान तथा विदाई, टोलबासीको जन्मदिन मनाउने जस्ता नमुना कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो ।अधिवेशनमा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, टोलसुधार समितिका सल्लाहाकार अधिवक्ता चिरञ्जीबि शर्मा, कुलप्रसाद श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । सचिव लालबहादुर भण्डारीले प्रगति, कोषाध्यक्ष पुष्पा पुनले कुल ३ लाख ३९ हजार ४७६ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । टोलभित्रका सदस्यहरुको सहयोग सहित कुल ३ लाख ३० हजार बचत समेत रहेको छ ।

यसैबीच बेनपा–७ शिवालय टोल विकास संस्थाको प्रथम अधिवेशनबाट पुनः ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा पूर्णबहादुर जिसी, सचिवमा बद्रीप्रसाद पौडेल, कोषाध्यक्षमा भिमकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा नारायणी सुबेदी, विक्रम श्रेष्ठ, सिता केसी चोखाल, रामचन्द्र रिजाल, विष्णु अर्मजा, अस्मिता श्रेष्ठ र बिमला केसी रहनुभएको छ ।

भिमकुमारी भण्डारी आर्थिक, बद्रीप्रसाद पौडेल सचिवको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। टोलले करिब ८ लाख बराबरको विभिन्न कार्यहरुमा जनश्रमदान गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अधिवेशनको वडा अध्यक्ष श्रेष्ठले स्वच्छ र सफा राख्नका लागि सबै टोलबासीको भूमिका महत्वपूर्ण रहेकोमा बताउनुभयो ।

Leave a Reply