पर्वतको जलजला गाउँपालिकाको ठूलो सल्लेरी भिरमुनी सामुदायिक बनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। सुक्खा मौसमका बेलामा जलजला–२ र ३ नं सिमानामा पर्ने सामुदायिक बनमा बिहिबार दिउँसो सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको मल्लाजका स्थानीय यूवा नविन जिसीले बताए ।

‘भिरालो जमिन भएकाले नियन्त्रणको सम्भावना छैन्, मल्लाज आउने पदमार्गमा पैदलयात्रीलाई सकस भएको छ’ जिसीले भने ।  उनका अनुसार प्रशस्त मात्रामा सुकेका काठदाउरा र पातपतिङ्गर भएका कारण डढेलो नियन्त्रणमा लिन कठिन भएको स्थानीयको भनाई छ । सुक्खायाम र गर्मी बढेसँगै हरेक बर्ष ठूलो सल्लेरी सामुदायिक बनमा आगो लाग्ने गरेको छ ।

सामुदायिक बन हुदै निर्मित पक्की पदमार्ग तथा आसपासका क्षेत्रबाट पैदलयात्रा गर्ने, घाँसदाउरा लिन जानेको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

हिउँदमा सुकेको पात जलाउँदा नयाँ घाँस पलाउँछ भन्दै आगो लगाउने समेत गरिएकाले आगलागीको करिब ८० प्रतिशत मानवसृजित भएको डिभिजन बन कार्यालयले जनाएको छ ।

आगो लाग्दा भिरालो र घना जङ्गलका स्याउला, सोत्तर र हावाका कारण फैलने भएकाले आसपासका सयौं हेक्टर बन विनाश हुने गरेको छ । सामुदायिक बनको आगलागी बस्तीतर्फ सोझिने भएकाले सतर्कता अपनाउन समेत अपिल गरिएको छ ।

Leave a Reply