पैसा लिएर व्यवस्थापन संकाय स्नातक तहको चौथो वर्षको परीक्षा फारम नभरिदिएका विद्यार्थी नेतालाई अनेरास्ववियू म्याग्दीबाट निलम्बित भएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसका निर्वतमान स्ववियू उपसभापति समेत रहेका सुबेदीले आफ्नो बैंक खातामा शिव आचार्यले पठाएको शुल्क क्याम्पसमा बुझाएर परीक्षा दिनबाट बन्चित बनाएको घटनामा मुछिएपछि अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले सामाजिक सञ्जालबाट अनुसन्धानको प्रक्रियालाई सहज हुने गरी निलम्बन गरेको बताएका छन् ।

‘विद्यार्थीको हकहितका लागि ब्यक्तिगत कमजोरीलाई संरक्षण गदैनौं,‘छानविनमा सहज हुने गरी सबै जिम्मेबारीबाट अलग गरेका छौ’ अध्यक्ष विश्वकर्माले भने । मालिका गाउँपालिका–६ दिच्याम घर भएका विद्यार्थी आचार्यले नेता सुबेदीको खातामा बि.स २०७६ पुस१ गते दरबाङबाट फोटा निकाल्ने लगायत क्याम्पसमा आवश्यक पर्ने सबै खर्च गरी २२ हजार ५ सय जम्मा गरेका थिए ।

तेस्रो बर्षमा समेत सुवेदीलाई नै सबै शुल्क बापतको रकम उपलब्ध गराएपछि सुवेदीले नै परिक्षा फर्म भरिदिएको कारण आफुले विश्वास गरि उनी मार्फत सहयोग लिन पुगेपनि आफुलाई ठुलो घात गरि परिक्षा नै दिनबाट बञ्चित गराएको आचार्यको दुखेसो छ ।

सोमबारदेखि सुरु भएको परीक्षाको अघिल्लो दिन क्याम्पसमा प्रवेशपत्र लिन गएको अवस्थामा भर्ना नभएको जानकारी प्रशासनले दिएपछि नेता सुबेदीलाई पटक–पटक सम्पर्कको प्रयास गर्दा समेत सम्पर्कमा नआएको बताए । विद्यार्थी नेता सुबेदी स्ववियूको कार्यवाहक सभापतिको रुपमा आफ्नो कार्यकाल पुरा गरेका थिए । अनेरास्ववियू म्याग्दीका कार्यालय सदस्य रहेका सुबेदीले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्

Leave a Reply