बेनी नगरपालिका-७ विरेन्द्रचोक निवासी स्मृति शर्माले मंगलबार श्रीमान प्रहरी निरिक्षक धु्रव शर्माले विरुद्ध दुई वटा कसुरमा जाहेरी दिएकी छन् । बैवाहिक सम्बन्धको करिब ६ महिनामा दुवैबिच खटपट भएपछि सामाजिक सञ्जालबाट सार्वजनिक भएको घटना अन्तत कानुनी उपचारमा प्रवेश गरेको छ।

प्रहरी निरीक्षक समेत रहेका श्रीमानबाट आँफु पीडित भएको भन्दै न्याय मागेकी पीडितको तर्फबाट आफन्त एकेन्द्र महतले बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा मुद्धा दर्ता गरेका हुन् ।

पीडितले जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुविवाह र भु्रण हत्या गरेको आरोपमा गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिएको मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक धनबहादुर थापाले जानकारी दिए ।‘मुद्धा दर्ता भएको छ, अव आवश्यक अनुसन्धान सुरु हुन्छ’ थापाले भने ।

फौजदारी कसुरमा मुद्धा दर्ता भएसंगै शर्मा निलम्बनमा पर्ने कानुनी प्रावधान रहेको छ । केही महिनाको चिनजान प्रेम सम्बन्ध हुदै विवाह भएपनि खटपट भएपछि कानुनी उपचारको खोजीमा लागेको पीडित पक्षको भनाई छ।

जिल्ला प्रहरी कार्यालयमा महिला अधिकारकर्मीहरुको उपस्थितिमा दुबै पक्षलाई राखेर गरेको छलफलमा दुबै पक्षले एकले अर्कालाई दोषारोपण गरेपछि सहमतिबाट अगाडी बढ्ने सम्भावना न्यून भएसँगै कानुनी प्रक्रियामा प्रवेश गरेको हो।

चिनजान हुँदै जाँदा प्रेम सम्बन्धमा बाँधिन पुगेको र आफुहरुबिचको घनिष्ट सम्बन्धकै कारण आफँुमा गर्भ रहन गएको र आफुहरुको विवाह पश्चात विभिन्न बाहाना बनाएर दबाब दिएर गर्भपतन गर्न बाध्य बनाएको पीडित यूवतीको भनाई छ। यता प्रहरी निरिक्षक शर्माले श्रीमतिको रुपमा कानुनी मान्यता दिएपनि सँगै बस्ने सम्भावना नभएको बताएका छन् ।

Leave a Reply