म्याग्दीको मंगला गाउँपालिकाको बरंजाका विपन्न परिवारलाई सामाजिक अभियान्ता सपना रोका मगरले खाद्यान्न वितरण गरेकी छन् । आर्थिक अवस्था कमजोर भएका, एकल महिला, अपाङ र विदेशमा गएर सम्र्पकविहिन भएकाका बरंजाको धापुङ र महेश गाउँमा २२ घरधुरीलाई रोकामगरले मंगलबार खाद्यान्न वितरण गरेकी हुन् ।

काठमाण्डौका पशुपती आर्यघाटमा वेबारिसे शबलाई आफन्त बनेर दागबत्ती र सडकमा सडकमा भेटिने भोकालाई भोजन गराउँदै आएकीसपना रोका मगरले दशैंको अवसरमा घरमा फर्किएपछि आफ्नो जन्मदिनको अवसरमा यसअगाडी मंगला–४ बरंजाको बुकेनीका विपन्नको चुल्होमा भात नै नपाक्ने अवस्था देखेपछि आफ्नो जन्मदिनमा २५ जनालाई खाद्यान्न सहयोग समेत गरेकी थिईन् ।

‘गाउँमा जता हेरौं उतै समस्या छ,‘एक छाक भात पकाउने चामल समेत छैन’ रोकामगरले बेनीअनलाइनलाई भनिन्। उनले चाडपर्वमा घर आउँदा धेरैले सहयोग खोजेपछि आफ्नो जन्मदिन मनाउन जापान र यूकेबाट पठाएको पैसाले खाद्यान्न खरिद गरी सहयोग गरेको बताईन्।‘गरिबलाई रात काट्नै गाह्यो छ,‘भोकै सुत्ने अवस्थाकालाई सहयोग गर्न सबैलाई अनुरोध गर्छु’ उनले भनिन् ।

आर्थिक अभाव कारण उपचार, खाने, बस्ने लगायत बालबालिकाको शिक्षादिक्षामा देखिएको समस्या समाधानका लागि समेत उनले आफ्ना नियमित सहयोगीलाई सहयोग माग्ने योजना बनाएकी छन् । उनले बेनीको बालगृहका बालबालिकालाई खानेकुरा दिएर आफ्नो अनुभव सुनाउँदै सामाजिक कार्यमै निरन्तर लाग्ने प्रतिबद्धता जनाईन् ।

काठमाण्डौमा बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शब गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन्। विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर दुर्गन्ध फैलिएको शबलाई पनि दाउरा र पराल मिसाएर तयार गरिएको चितामा दागबत्ती दिने गरेकी छन् । उनले हालसम्म ७० वटा बेवारिसे शवमा दागबत्ती दिएकी छन् ।

Leave a Reply