बेनी अस्पतालबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बेनी अस्पतालमा विगत चारदिन देखि भेन्टिलेटरमा उपचार गराइरहेकी छिमेकी जलजला गाउँपालिकाको बगरकी २१ बर्षिया सुत्केरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी शनिबार पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको हो ।गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको विषेश पहलमा सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरिएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘जोखिमपूर्ण अवस्थामा बेनीमै उपचार भइरहेको थियो,‘थप जटिल समस्या आएपछि उपचारका लागि पोखरा पठाइएको हो’ अध्यक्ष कटुवालले भन्नुभयो । अस्पतालमा रहेको सिमित श्रोतसाधनबाट समेत जटिल अवस्थामा उपचार गरिएपनि तत्कालै हेलिकप्टर आएपछि सहज भएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालमा जटिल शल्यक्रिया सहितको उपचार भइरहेको छ । गर्भवती महिलाको उद्धारमा अस्पताल प्रमुख डा. अमृत अधिकारी, मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटी सहितको टोली नै सहभागि रहेको थियो । राष्ट्रपति उद्धार कार्यक्रम मार्फत यसअगाडी पनि म्याग्दीका दुर्गम क्षेत्रबाट सुत्केरी, गर्भवती महिलाको उद्धार गरिएको थियो सामाजिक विकास मन्त्री पुनका स्वकिय सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply