नेपाल महिला राष्ट्रिय भलिबल टिमकी क्याप्टेन अरुणा शाही कमल सुनचाँदी दुकानले ब्राण्ड एम्बेसेडर नियुक्त हुनुभएको छ । म्याग्दीको सदरमुकाम बेनी र पोखराको न्यूरोडमा अवस्थित सुनचाँदी दुकानका सञ्चालक कमल विश्वकर्मा र भलिबल क्याप्टेन शाहीले एकबर्षका लागि सुनचाँदी सम्बन्धि प्रचारप्रसार र ब्यापारिक अभियानमा सहभागी हुने गरी ब्राण्ड एम्बेसेडरको सम्झौता गर्नुभएको छ ।

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले भलिबल खेलमा नेपाली महिला टिमको नेतृत्व गरिरहेको अवस्थामा एकबर्षसम्म ब्राण्ड एम्बेसेडरको रुपमा काम गर्ने गरी सम्झौता गरेको सञ्चालक विश्वकर्माले बताउनुभयो।

‘म्याग्देली चेलीको सम्मान पनि हो, यो कार्यले पसलका लगायतका प्रडक्टहरुको बजारीकरणमा समेत सघाउने छ’ विश्वकर्माले भन्नुभयो ।सम्झौतमा गण्डकी प्रदेश भित्र सुनचाँदी ब्यवसाय बाहेक अन्य संघसंस्थाको ब्राण्ड एम्बेसेडरमा समेत काम गर्न सकिने उल्लेख छ । विभिन्न प्रडक्टका बारेमा प्रचारप्रसारमा आफ्नोमा क्षमताले भ्याएसम्म सक्रिय हुने खेलाडी शाहीको भनाई छ ।

सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि बल्ल अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जितेपछि चर्चामा हुनुहुन्छ । ब्राण्ड एम्बेसेडर बापत प्राप्त आर्थिकले समेत खेलाडीको जीवनयापनमा सहज हुन्छ ।

Leave a Reply