पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँकार्यपालिकाको कार्यालय सहित सबै वडा कार्यालयको कामकाज बन्द गरिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्लको सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध सहित अर्को सूचना जारी नहुदाँसम्म लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयको सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

‘कन्ट्याक टेसिङ गरी पिसिआर रिर्पोट नआउँदासम्म सेवा बन्द गरिएको छ,‘अबको करिब एक साता सेवा बन्द हुन्छ’ शर्माले भन्नुभयो । अध्यक्ष मल्लसँग विभिन्न कार्यक्रममा सहभागि हुनुभएका प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका नेतालाई समेत समेत होम क्वारेन्टाइनमा बसेर पिसिआर गर्न गाउँपालिकाले अनुरोध गरेको छ । नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष मल्लको स्वास्थ्य अबस्था सामान्य रहेको छ । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भैरहेको छ ।

अध्यक्ष मल्ल काठमाण्डौमा पुगेर फर्किनुभएको थियो । त्यस्तै जलजला–८ बस्ने २५ बर्षिय यूवामा समेत कोरोना देखिएको छ । संक्रमति यूवा बागलुङमा कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । केही दिन अगाडी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको टोलीसँग समेत अध्यक्ष मल्लले बाढीपहिरोको स्थलगत अनुगमन गर्नुभएको थियो ।

Leave a Reply