बेनी नगरपालिका-३, भकिम्लीको दुधेखोलाका कोरोना संक्रमतिको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका सबै १८ जनाकै रिपोर्ट नेगेटिभ आएसँगै समुदायमा कोरोना संक्रमण फैलिने जोखिम टरेको छ ।

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको अवस्थामा असावधानीका कारण घरमा पुगेका ३० बर्षिय संक्रमति यूवाको सम्पर्कमा रहेका आमा, श्रीमति, छोरी, आफन्त र छिमेकीको स्वाब सङ्कलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको थियो ।

क्वारेन्टाइनबाट घर गएको दुईदिनपछि पिसिआर रिर्पोट आएपछि संक्रमतिको सम्पर्कमा रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा स्वाब संकलन गरिएकोमा सबैको नेगेटिभ आएपछि अहिलेसम्म म्याग्दी सुरक्षित देखिएको जनाइएको छ ।

‘संक्रमतिको छोरी र श्रीमतिको रिर्पोट नेगेटिभले समुदायलाई नै सुरक्षित बनाएको छ’ स्रोतले भन्यो । समुदायमा फैलिने जोखिमले त्रसित रहेका स्थानीय समेत ढुक्क भएका छन् । दुधेखोलामा संकलन गरिएको स्बाबमा ८ जना बालबालिका थिए ।

गत भदौ २७ गते नेपाल–भारत सिमा क्षेत्रबाट आएका ३० बर्षिय यूवा म्याग्दी बहुमुखी क्याम्पसबाट असोज ५ गते साँझ घरमा पुगेका यूवालाई ६ गते साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।

बैदेशिक रोजगारको सिलसिलामा भारतबाट आएर आइसोलेनमा रहेका एकजना संक्रमतिको दोस्रो स्बाब समेत नेगेटिभ आएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताए । ‘संक्रमतिको दोस्रो रिर्पोट नेगेटिभ आएपनि विदेशबाट आएका केहीको रिर्पोट आउँन बाँकी छ,‘संक्रमतिलाई सम्भवत बिहिबार नै विदाई गरिने छ’ केसीले भने ।

Leave a Reply