पर्वत जिल्लामा नेपाली सेनाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षेत्रिय क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा नेपाली सेनामा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अघि एक जना नेपाली सेनाका जवानमा संक्रमण पुष्टि भएको थियो । उनकै सम्पर्कमा रहेका ब्यक्तिहरु तथा अन्य सेनामा गरिएको परिक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको डिसिसिएमसि पर्वतका सुचना अधिकारी प्रविण् भण्डारीले जानकारी दिनुभयो । योसंगै पर्वतमा कुल संक्रमीतको संख्या १ सय १७ जना पुगेको छ ।

Leave a Reply