म्याग्दी चिमखोलाकी धनकुमारी थापाको नेतृत्वमा थालि नाचले पहिलो पटक धौलागिरी अञ्चलको प्रतिनिधित्व गर्दै बिरगञ्ज पुग्यो र प्रथम स्थान हासिल ग¥यो । २०४२ सालमा बिरगञ्जमा भएको तेश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा लोक नृत्य प्रतियोगिता समेत समावेश थियो ।

सोही प्रतियोगितामा धौलागिरीको टोलीले नृत्यमा पहिलो स्थान हासिल गरेको थियो । धनकुमारी थापाकै नृत्य निर्देशन अनि नेतृत्वमा पुगेको थियो थालि नाच । आफैमा पनि निकै अनौठो लाग्ने स्टीलको थाल दुवै हातमा राखेर नचाउने कलालाई थप उचाइ दिने काम धनकुमारीले गर्नु भएको थियो ।

हिरामायाँ पुनले शुरु गर्नुभएको थालि नाचलाई नेपालका साथै विश्वभर चिनाउनका लागि धनकुमारीकै योगदान छ ।धनकुमारी भन्नुहुन्छ–‘दुइ दर्जन गितको क्यासेट निकालेँ, दुइ सय भन्दा बढी गितमा स्वर दिएँ, शिरफुले, सालैजो, यानीमायाँ, अबिजाले मायाँ, साइलोभाका, खोला पारि निरमायाँ मैले स्वर दिएका चर्चित गित हुन् ।’

थापाले खड्ग गर्बुजा, बमबहादुर कार्की, बिरबहादुर कार्की, प्रेम राजा महत, रत्न बानियाँ, पाण्डव सुनुवार, तिर्थबहादुर गन्दर्भलगायतका चर्चीत कलाकारहरु सँग गितमा स्वर दिनु भएको छ भने रेडियो नेपालबाट पनि गित रेकर्ड गराउनु भएको छ ।

थापा भन्नुहुन्छ –‘म्याग्दीबाट कृष्ण पौडेल र मेरो टोली गएको थियो, हामीले कोमल ओली सँग नेपालगञ्जमा समग्रमा दोश्रो भयौं ।’ कृष्णले कोमललाई उछिन्नु भएको भएपनि म उताको पुरुष सँग पछि परेकाले थोरै अंकले हामीले कोमलको टिमलाई नतिजा बुझायौं ।

२०५२ रफिक मियाँको टोली सँग चैते दशैं मेलामा फाइनलमा भिडिएको थियो, रफिकले हामीतपाइँहरु सँग हारेका हौं भन्दै गर्दा पनि आयोजक÷जजले बद्मासी गरेपछि त्यस पछि मैले कहिल्यै दोहोरी प्रतियोगितामा सहभागी भइन ।’थालि नाच वि.सं. २०२४ साल तिर म्याग्दीको चिमखोलाबाट नाच्न थालिएको थापाको दावी छ ।

त्यो बेला लट्ठीको दुवै तिर मट्टीतेल प्लाष्टिकमा बाँधेर आगो सल्काएर गाउँमा नाच्ने गरिन्थ्यो ।लौरी त्यसरी नचाइन्छ भने थाल पनि नचाउन सकिएला भनेर अभ्यास गर्दै जाँदा थालि नाचको विकास भएको धनकुमारीको भनाइ छ ।

२०४२ सालमा मेरै नेतृत्वमा गएको नृत्य टोलीले पहिलो पुरस्कार जित्दा गितको शब्द तथा उक्त गितमा स्वर पनि मेरै थियो –थापा भन्नुहुन्छ । थापाको अगुवाइमा रहेको थालिनाचलाई २०४४ सालमा काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सम्मेलनमा समेत प्रस्तुत गरीएको थियो ।

हाल शिक्षण पेशाबाट सेवा निबृत्त रहनुभएकी थापाले पहिलो पटक २०३१ सालमा १५ वर्षको उमेरमा मुस्ताङको जोमसोममा पहिलो पटक लोक प्रस्तुती दिनु भएको थियो ।

पहिलो सहभागितामै थापाले लोकदोहोरीमा पहिलो स्थान हासिल गर्नुभएको थियो । २०३८ देखि २०६९ सम्म शिक्षण पेशामा लाग्नु भएकी थापा २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिक मनोनयनमा पर्नुभएपछि पेशाबाट सेवानिवृत्त हुनुभएको हो ।

म्याग्दी जिल्लाको प्रतिनिधित्व गर्दै कृष्ण पौडेल, नरवहादुर बि.सी.को नेतृत्वमा सहभागीता जनाउँदा धेरै पटक प्रथम स्थान हासिल गर्नु भएकी थापा पछिल्लो समय भने लोक दोहोरी तथा नृत्य प्रतियोगिताहरुमा निर्णायकको भूमिकामा देखिन थाल्नुभएको छ । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान केन्द्रको संस्थापक सदस्य थापाले दुइ कार्यकाल केन्द्रमा बिताउनुभयो ।

Leave a Reply