तपाईको घरमा कोही अपरिचित ब्यक्ति घरधनी खोज्दै प्रवेश गरेका छन् ? यदी छ भने घरभित्र सुटुक्क प्रवेश गरेका छन भने अव होसियार हुनुहोस्, त्यस्ता ब्यक्ति घरधनी भेट्ने बाहनामा चोरीमा संलग्न भएको भेटिएको छ ।

केही दिन यता म्याग्दीको सदरमुकाम बेनीबजार वरपरका क्षेत्रमा चोरीका घट्नाहरु बढेका छन् । कोरोना संक्रमणको जोखिमले घरमै बसेकाहरु, कामको सिलसिलामा घर बाहिर गएको मौका छोपी घरधनीलाई भेट्ने, कोठा खोली छ भन्ने जस्ता बाहना बनाएर एउटा गिरोह चोरीमा संलग्न रहेको पाइएको छ ।

बेनी नगरपालिका-७,संगमचोकमा घरधनी खोज्दै भित्र प्रवेश गरेको अपरिचित ब्यक्तिले घरभित्रबाट चार्जमा राखेको दुईवटा मोवाईल, एउटा पर्स चोरी गरेको घरभाडामा बस्ने लोकेश पुन मगरले बताए ।

‘घरधनीलाई भेट्न भन्दै भित्र प्रवेश गरेपछि कोही नभएको मौकामा चोरी गरेर गएको भेटियो,‘घरमा बस्नेलाई नमस्ते गदैं भित्र जाने गरेकाले पेशेवर चोर हुनसक्छ’ उनले भने । पर्समा भएको करिब १० हजार नगद, दुई लाख बराबरको मोवाई चोरी गरेको भोलीपल्ट न्यूरोड, शान्ति टोलमा समेत घरधनी खोल्दै प्रवेश गरेर चोरी गरेको स्थानीयले बताएका छन् ।

‘घरधनीलाई भेटेर चोर्न नपाएपछि तपाईसँग काम थियो, पछि आउँछ भन्दै गयो,‘चोरी गर्ने अनौठौ शैली रहेछ’ बेनी शान्ति टोलका एक यूवाले भने । त्यस्तै न्यूरोड र हिलसाईडमा समेत घरभित्र परेर मोवाईल चोरी गरेको स्थानीयले बताएका छन् ।

चोरीका घटनाहरु घट्ना थालेपछि स्थानीय चिन्तित भएका छन् । यता प्रहरीले चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ । अपरिचित ब्यक्तिलाई घरभित्र प्रवेश गर्न नदिन समेत प्रहरीले अपिल गरेको छ । यसअगाडी बेनीका विभिन्न स्थानमा पसल, कोठाभित्र समेत चोरीका घटना हुने गरेका थिए ।

Leave a Reply