म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर । अधिकांश जमीन, समथर र सिचाईंको राम्रो सुविधा भएका रत्नेचौरलाई अन्नबालीको भण्डार समेत भन्ने गरिन्छ । साविकको रत्नेचौर गाविसको वार्ड नं १, २, ३, ४ र ५ र समथर भू–भागमा पर्ने रत्नेचौर र अन्य ६, ७, ८ र ९ वडाहरू केही भिरालो स्थानमा रहेको बस्तीलाई अर्जम भन्ने गरिन्छ । यहाँ धान, गहुँ र मकै जस्ता अन्नबाली पर्याप्त उत्पादन हुने तथा भिरालो जमीनमा कोदो र मकैको राम्रै उत्पादन हुने गर्दछ । रत्नेचौरबाट विश्वकै सातौ अग्लो धौलागिरी हिमाल देखिन्छ । रत्नेचौरको लिखित दस्तावेज नभेटिएपनि वि.सं. १९८५मा खनिएको कुलो तथा यहाँ भएका चौपारी र ठूलो पोखरी सितका अति पुराना वर, पिपल, आँप तथा चापका वृक्ष अझै भेटिन्छन् ।

नेपालको एकिकरण अभियानमा बहादुर शाहले यसलाई पनि विशाल नेपाल राज्यमा गाभेको विभिन्न पुस्तकमा उल्लेख छ । रत्नेचौर करिब ९ सय ५० मिटरको उचाईमा छ । यहाँ बसन्त बोगटीले निर्मित गरेको बुढोपोखरी समेत छ, जसलाई मानव निर्मित साविकको धौलागिरी अञ्चल भित्रको सबैभन्दा ठूलो पोखरीको रुपमा समेत चिनिन्छ । तस्वीर सौजन्य सन्तोष महत

Leave a Reply