सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी सामुदायिक माविलाई डिजिटल घडी हस्तान्तरण गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष खम थापा मगरले करिब ३५ हजार बराबरको समयसँगै विद्यार्थीको नतिजा प्रकाशन गर्न मिल्ने घडी प्रधानाध्यापक दिपक श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले क्लवले शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत उक्त सहयोग गरिएको बताउनुभयो । क्लवमार्फत शिक्षा, स्वास्थ्य, सामाजिक तथा मानवीय गतिविधिसँगै समुदायमा आयआर्जनको क्षेत्रमा समेत विभिन्न कार्यक्रमहरू तय गरिएको अध्यक्ष थापाको भनाई थियो ।

सोही अवसरमा विद्यालयका प्रअ श्रेष्ठले क्लवमार्फत प्राप्त डिजिटल घडीको प्रयोगसँगै भविस्यमा हरेक कक्षा कोठामा रहेको एनालग घडी हटाएर डिजिटल घडी राखिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ बि १ नेपालका रिजनचिर्सन लोकेश पुनमगर, क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको क्लवका सचिव सन्दिप खत्रीले सञ्चालन गर्नुभएको थियो । क्लवले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामका लागि जिल्लामा विभिन्न रचनात्मक सञ्चालन गरिरहेको छ ।

Leave a Reply